Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

प्रबास

नेपाली मूलका भण्डारी अमेरिकाको राज्य सांसदमा विजयी

नेपाली मुलका ह्यारी (एचबी) भण्डारी अमेरिकामा भएको मध्यावधि निर्वाचनमा मेरिल्याण्ड राज्यको सांसदमा निर्वाचित भएका छन्।

डेमोक्रेटिक पार्टी उम्मेदवार बनेका भण्डारी मेरिल्याण्ड राज्यको तल्लो सदन ‘हाउस अफ डेलिगेट’ निर्वाचन क्षेत्र नम्बर ८ मा विजयी भएका हुन्। नेपालको पर्वतमा जन्मेका उनी सन् २००५ मा अमेरिका पुगेका थिए।

मंगलबार भएको निर्वाचनमा मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट डिष्ट्रिक ८ बाट २० हजार ९ सय ७७ मतका साथ निर्वाचित भए।

भण्डारी नेपालमा अंग्रेजी भाषामा प्राध्यापन गर्थे भने अमेरिकामा पनि भण्डारी प्राध्यापन पेशामा संलग्न छन् ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!