Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

प्रबाससमाचारहरुहेडलाइन

नेपाल पत्रकार महासंघ यूरोपको बेलायत सम्बाद सम्पन्न

-द्रोण रिजाल

नेदरल्यान्ड्स। कोरोना कहरमा नेपालीहरुको अवस्था का बारेमा नेपाल पत्रकार महासंघ यूरोप शाखाले बेलायतमा रहेका सामाजिक अभियन्ताहरसंग अनलाइन अन्तरक्रिया गरेको छ।कोरोनाका कारण नेपाली समुदायमा परेको असर र हालको अवस्थाका बारेमा महासंघले यसघि यूरोपका विभिन्न सत्र देशहरुमा शृंखलाबद्ध जुम अन्तरक्रिया गरेकोमा यो अठारौँ शृंखला हो।

पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा सम्पन्न उक्त अन्रक्रियामा बेलायतका सामाजिक अभियन्ता र पत्रकारहरुको सहभागिता रहेको थियो |

लगभग एक लाख पचास हजार नेपाली रहेको बेलायतमा कोरोना संक्रमण बाट ६७ जना नेपालीहरुको मृत्यु भएको जसमा ५६ जना पुरुष र ११ जना महिला रहेको बेलायतका लागि नेपाली राजदुताबासका उप नियोग प्रमुख शरद राज आरणले जानकारी गराएका थिए | बेलायतमा हालपनि दैनिक करिब २ सय को हाराहारीमा मृत्यु हुनेगरेको समाचारहरु आइरहेको प्रसङ्ग उल्लेख गर्दै सबैले बेलायतको सरकारका नियमहरु पालना गर्नुपर्ने र सामाजिक दुरी कायम गर्दै स्वास्थ्यमा बिशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए | बेलायतको डायस्पोरामा करिब ३०० संघसंथा रहेको,एनआरएनए, पत्रकार महासंघ लगायतका सबै संघसंथाहरु बिचमा राम्म्रो समन्वय भएको उल्लेख गर्दै राजदूत को अध्यक्षतामा उच्चस्तरीय समिति गठन भैसकेको अवस्थामा नेपाली बिचमा कुनै समस्या देखिए दुताबासले एनआरएनए र अन्य संघसंथाहरु संग समन्वय गर्दै अगाडी बढ्दै जाने बताएका थिए |

उप नियोग प्रमुख आरणले बेलायत, माल्टा र आयरल्याण्डमा विभिन्न कारणबाट रोकिएर रहेका नेपालीहरु नेपाल फर्किन चाहेको र हालसम्म ३५० जनाले नेपाल फर्किनका लागी रजिस्ट्रेसन गरेको र ४०० भन्दा बढीले रजिस्ट्रेसन गर्नसक्ने उल्लेख गर्दै बेलायतमा नेपालीहरुको भौतिक सम्पति माथि भएको श्रीखालाबद्ध धटना बेलायत सरकारलाई जानकारी गराइसकेको समेत उप नियोग प्रमुखले जानकारी गराएका थिए | माल्टाको समस्याको बिषयमा पत्रकारहरुको प्रश्नको जवाफ दिदै अहिले सम्म कुनै लिखित उजुरी नआएकाले केहि भन्न नसकिने आरणले बताए |

एनआरएनए बेलायतका महासचिब फडिन्द्र भट्टराई ले कोरोना संक्रमणको सुरुवातबाटै संथाको अनलाइन बैठक बसेर पहिलो चरणमा जन चेतनामुलक कार्याक्रम गरेको प्रसङ्ग उल्लेख गर्दै २४ जना डाक्टरहरुको समूहले स्वास्थ्य र भयमुक्त हुनका लागी सुचनामुलक परामर्स दिदै आएको बताए। उनले बेलायतका सबै संघसंस्थाहरुसंग एनआरएनएले समन्वय र सहकार्य गरिरहेको बताउदै समस्यामा परेका नेपालीहरुलाई राहत र सहयोग निरन्तर जारी राख्ने बताएका थिए | कोरोनाका कारण मृत्यु भएका परिवार, समस्यामा रहेका भूपू गोर्खा र बिध्यार्थीहरुलाइ एनआरएनएले आबश्यकता अनुसार औषधि, स्वास्थ्य सामाग्री , खाद्यान्न र नगद रकम पनि सहयोग गरोको समेत उनले जानकारी दिए।

परिवारको परामर्स बिना कुनैपनि सुचना मिडिया मार्फत दिन नमिल्ने उल्लेख गर्दै पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपांगी मगरले यस विषम परिस्थितिमा कोरोना विरुद्धमा नेपाली समुदायमा जन चेतना फैलाउन बेलायतमा रहेका मिडियाकर्मीहरुको सामुहिक सहभागिताको प्रसंसा गरेका थिए | कुनै संघसंथा र ब्याक्ति बिशेषको पछ्य बिपछ्यमा नलाग्न आग्रह गर्दै स्वतन्त्र भएर मिडिया समाजमा रहनुपर्नेमा ध्यान दिन संचारकर्मीलाई आग्रह गरेका थिए | उनले पत्रकार महासंघ बेलायतले कोरोना सम्बधि स्वास्थ्यकर्मी, जनस्वास्थ्य बिज्ञ लागायतको अन्तरबार्ता र अन्य जानकारीमुलक सामाग्रीहरु निरन्तररुपमा सबै मिडियाहरुलाई प्रदान गरेर जनचेतनामुलक कार्यहरु गरिरहेको बताए।

सकारात्मक संदेश जाने समाचार सम्प्रेसण गर्नुपर्ने र अहिलेको यस्तो विषम परिस्थितिमा अग्रपंतिमा रहेर काम गर्नेले सुरक्षित तबरले काम गर्नुपर्ने प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौलाको कथन थियो। उनले बेलायतमा हालसम्म कुनैपनि पत्रकारहरुमा संक्रमण नदेखिएको बताउदै प्रेस युनियन बेलायतले कोरोना बिरुद्धको सचेतना जगाउने कार्यमा आफुले र सबै सदस्यहरुले समाचार सम्प्रेषण गरिरहेको उल्लेख गर्दै सबै संघसंथाहरु संग सहकार्य गरेर काम तयार रहेको प्रस्ट परे |

बेलायतमा अग्रपंतिमा काम गर्ने स्वास्थ्यकर्मी नेपालीहरु धेरै रहेको र उनीहरुको परिवारहरुमा बृद्ध र दिर्घ रोगीहरु पनि रहेको अवस्थामा संक्रमणको उच्च जोखिम रहेकाले सचेत रहन आग्रह गर्दै मनोबिद डाक्टर शुमाया राईले सामाजिक दुरी राखेर सरसफाइमा ध्यान दिनुपर्ने बताइन। योगा र ब्यायाम नियमित गर्नुपर्ने र अनावस्यक चिन्ता नलिन पनि डाक्टर राईले सुझाब दिएकी थिइन |

बेलायतमा नेपालीहरुमा पहिलो पटक कोरोना संक्रमणको चेतनामुलक संदेश सार्बजनिक गरेकी र कोरोना भाइरस लाइ समेत पराजित गरिसकेकी भगवती रानाभाटले आफ्नो अनुभब सुनाउदै आत्मबल बलियो बनाउनु पर्ने, दैनिक जीवनशैली र स्वास्थ्यमा बिशेष ध्यान दिनुपर्नेमा जोड दिइन।

कार्यक्रमको सहजीकरण संघका सचिबद्वय द्रोण रिजाल र महेश खाती , कार्यकारिणी सदस्यहरु रविचन्द्र भट्टराई , राज कुमार थापा , सरला कट्टेल र युबराज फुयालले गरेका थिए |

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!