Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

नेदरल्यान्डस गतिबिधीसमाचारहरुहेडलाइन

नेपाल फण्ड फाउन्डेसन मार्फत लम्जुङ जिल्लामा स्वास्थ शिबिर कार्यक्रम सम्पन्न

नेपाल बिकास कोष (नेपाल फण्ड फाउन्डेसन) मार्फत लम्जुङ जिल्ला राइन्स गाउपालिका मा गत २ र ३ नोवेम्बर २०१९ मा आयोजित स्वास्थ शिबिर कार्यक्रम मा ५३२ जना बिरामीलाई उपचार गरी स्वास्थसामाग्री र औषधी बितरण गरिएको थियो ।

शिबिरमा आवद्धित डाक्टरहरु डा. पिटर भन हल (नेदर्ल्याण्ड बाट), डा. सुजना अधिकारी (डेन्टिस्ट), डा. श्रीयुक्त प्याकुरेल (डेस्टिस्ट), डा. लभ कुमार झा (गाइनोकोलोजिस्ट) र देवी बोगटी (नर्श), नन्द राई (स्वयंसेवक) र स्वोयम फ़ण्ड कि अध्यक्ष रिता थापा लाई पुरा गाउलेले बाजा गाजा का साथ् स्वागत गरेका थिए।

साथै यस कार्यक्रममा सहयोग र सहकार्य गरि साथ दिनु भएकोमा काठमाडौं बुढीगण्डकी लाइन्स क्लब र गाउपालिका अध्यक्ष लागयत सम्पूर्ण जनप्रतिनिधीहरुलाई पनि नेपाल बिकास कोष कि अध्यक्ष रिता थापाद्वारा क्रितज्ञता ज्ञापन व्यक्त गरेका थिए ।

अन्त्यमा सम्पूर्ण नेदर्ल्याण्डबासी नेपाली सहयोगी हातहरुलाई नेपाल कोषको टिम को तर्फबाट हार्दिक आभार तथा धन्यवाद । सबैको अमुल्य साथ र सहयोग ले आज लम्जुङ जिल्ला राइन्स गाउपालिकामा स्वास्थ शिबिर सम्पन्न भएको छ । त्यसरीनै साथ र सहयोग मिले भविष्यमा पनि अन्य परियोजना हरु अगाडी बढाउने प्रतिज्ञा गर्छिन अध्यक्ष रिता थापा ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!