Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

खेलकुद

नेपाल यू-१९ टिम २१७ रनले विजयी

नेपालले यू–१९ विश्वकप अन्तर्गत एशिया छनोटमा नेपालले जितका साथ प्रतियोगिता सुरु गरेको छ । आज भएको खेलमा नेपालले सिंगापुरलाई दुई सय १७ रनको भारी अन्तरले हरायो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा अलआउट हुँदै दुई सय ८२ रन बनायो । नेपालको पारीमा कप्तान रोहित कुमार पौडेल सतक बनाउनबाट मात्र ५ रनले चुक्न पुगे । १८ रन बनाउँदा दुई विकेट गुमाएको नेपालको पारीलाई पवन शर्राफ र रोहितकुमार पौडेलले सम्हालेका थिए ।

उनीहरुले तेस्रो विकेटका लागि एक सय आठ रनको साझेदारी गर्न सफल भए । जसमा पवनले ४७ रन बनाए । नेपालका लागि भिम शार्कीले २६ तथा कुशल मल्लले १० रन बनाए । सातौ विकेटका लागि रोहित र रासिद खानले ७७ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितीमा पुर्याएका थिए । रासिदले ४८ रनमा रन बनाए भने कप्तानी पारी खेलेका रोहितकुमार पौडेल ९५ रनमा अलआउट भए । त्यसपछि कमलसिंह ऐरी पनि ३१ रनमा आउट हुदा अन्तिमका खेलाडीले खाता खोल्न सकेनन ।

जवाफमा सिंगापुर ३१ ओभरमा मात्र ६५ रनमा अलआउट भयो । नौ रनमा पहिलो विकेट गुमाएको सिंगापुरले २९ रन बनाउदा चार विकेट खेर फालेको थियो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । ओपनर भेनुगोपाल १८ रन बनाए भने इसान सान्वेले २८ रन बनाए । बाँकि खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । बलिङमा नेपालका पवन सराफले तीन तथा शुर्य तामाङ र कुशल मल्लले दुई दुई विकेट लिए ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!