नेदरल्यान्डस गतिबिधी

नेपाल व्यबसायी संघ नेदरल्यान्डस बिधिबत दर्ता नेदरल्यान्डसमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेदर्ल्यानसमा नेपाली समुदायहरुबाट सन्चालित ब्यवसायिहरुको सस्था नेपाल व्यबसायी संघ नेदर्ल्याण्डस स्थापना भएको छ। गत महिना देखी दर्ता प्रकृयाका लागि तदर्थ समिती बनाइ कार्य बिभाजन गरि बिधिवत ढंगले बिहीवार ७ जुन २०१८ का दिन नेदर्ल्यानद्सको सरकारी कानुन अनुसार सस्थाको बिधान निर्माण सहित दर्ता भएको हो । दर्ता प्रकृया नोटरी माफर्त भएको सहर्ष जानकारी गराउदै संघको अध्यक्ष श्री राम कंडेलले दर्ता प्रकृयामा सहयोग गर्नु हुने सम्पूर्ण कार्य समितिका साथीहरुलाई तथा ब्यबसायीहरु लाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको छ ।

दर्ता पस्चात नेदर्ल्यान्दसका लागि नेपाली पर्यटन दुत शशी पौडेलले नेदर्ल्याण्डस स्थित सम्पूर्ण ब्याबसायीहरुको हक र हित साथै नेपाल-नेदर्ल्याण्डस बिच बणिज्य मैत्री सम्बन्धलाई मजबुत गराउदै नेपाली ब्यवसाय प्रबर्धन हुने विश्वाश ब्यक्त गर्नु भएको छ । दर्ताका लागि नोटरी कलबमा सरकारी अधिकारि सहित संघका अध्यक्ष श्रीराम कंडेल, महासचिब निशान सापकोटा, नेदर्ल्यान्दसका लागि नेपाली बाणिज्य दुत शशी पौडेल र बिधान निर्माण समिती सदस्य थानेस्वर कंडेलको उपस्थिती रहेको थियो ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!