Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

खेलकुद

नेयमारद्वारा बार्सिलोना आउन इच्छा प्रकट

ब्राजिलियाली अग्रपङ्तीका खेलाडी (स्ट्राइकर) नेयमार दा सिल्भा सान्तोस जुनियरले पेरिस सेन्ट जर्मन क्लबबाट पुनः बार्सिलोना फर्कन चाहेको बार्सिलोना फुटबल क्लबका उपाध्यक्षले बिहीबार बताउनुभएको छ । करिब दुई बर्ष पहिले २५ करोड २० लाख अमेरिकी डलर पाउने भएपछि बार्सिलोना क्लबबाट बाहिरिएका नेयमारले फर्किन चाहेको कुरा विभिन्न सञ्चारमाध्यममार्फत आएको बार्सिलोनाका उपाध्यक्ष जोर्डी कार्डनरले बताउनुभएको हो ।


ब्राजिलियाली घरेलु टोलीमा निकै ख्याति कमाएका नेयमारलाई पेरिस सेन्टमा रहँदा आर्थिकरूपमा त निकै फाइदा भएको छ तर उक्त क्लबबाट सोचेअनुसार प्रसिद्धि भने नआएकोले उहाँले बार्सिलोनामा आउने इच्छा व्यक्त गर्नुभएको भन्ने सुनिएको छ । नेयमार पूरानो क्लबमा फर्कन चाहेमा र क्लबले ल्याउने निर्णय गरे पनि उहाँले अहिले पाइराखेको पारिश्रमिकमा भने फिर्ता ल्याउन नसकिने क्लबका अधिकारीले बताएका छन् ।

क्याम्प नोउमा पत्रकार सम्मेलनमा बोल्दै कार्डनरले भन्नुभयो, “हालै मैले समाचारमा पढे अनुसार र विभिन्न माध्यमबाट जानकारी पाए अनुसार नेयमार ले बार्सिलोनामा फर्किन चाहेको भन्ने सुनिएको छ । तर सही के हो मलाई थाहा छैन ।” उहाँले थप्नुभयो, बार्सिलोनाले अहिलेसम्म नेयमारसँग सम्पर्क गरिसकेको छैन । तर आवश्यक प्रक्रिया पुरा गरेर फर्किन चाहेमा बार्सिलोनाले उहाँलाई उचितस्थान दिन सक्नेछ । रासस÷एएफपी

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!