विजय थापा , गत नोभेम्बर ३ का दिन अमेरिकाको न्यु जर्सीमा लैंगिक हिंशा बिरुद्ध ऐक्यबद्धता जनाउन महिलाहरु रातो सारीमा सजिएर भेला भै कार्यक्रमको आयोजना गरेका छन् । 
 
उक्त कार्यक्रममा बिदेशीहरु पनि ऐक्यबद्धता जनाउन सहभागिता भएका थिए । न्युजर्सीमा रहेको स्वास्थ्य संस्था ‘केयर पोइन्ट’ अन्तर्गत  ‘हड्सन स्पीक्स’ले संचालन गरेको  ‘बोलो बहन’ अभियानका क्रममा आयोजित ‘रेड सारी इभेन्ट’नामक कार्यक्रममा महिलाहरु रातो सारी तथा कालो चोलोमा उपस्थित भएका थिए । 
न्युजर्सीको हड्सन काउन्टीमा घरेलु र यौनहिंशाको शिकार भएका दक्षिण एसियाली महिलाहरुलाई निशुल्क सेवा प्रदान गर्ने उद्धेश्यले स्पीक सिस्टर अर्थात् ‘बोलो बहन’ ,नेपालीमा बोलौ दिदीबहिनी भन्ने अभियान संचालन गरिएको हो । 
 
हिन्दी, नेपाली ,बंगाली तथा अँग्रेजीमा समेत सेवा विस्तार गरिएको छ । यसको साथै घरेलु तथा यौनहिंशाका पिडित नेपाली महिलाहरुलाई समेत निशुल्क सहयोग गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो । 
 
अतिथि तथा वक्ताहरुले बिशेष बोल्न पर्ने र यौन हिँसामा एकता हुनु पर्ने कुरामा जोड दिएका थिए । कार्यक्रमको बारेमा जानाकारी तथा उपस्थित नेपाली मूलका तथा बिदेशीहरुलाई स्वागत महिला अधिकारकर्मी बिष्णु माया परियार ( मानार्थ बिद्या वारिधि) ले गरेकी थिइन् ।
 
कार्यक्रममा दक्षिण एसिया लगायत नेपालका कलाकारहरु समिक्षा पौडेल,कृति सुबेदी भट्ट ,सिम्रन अधिकारी ,कबिन महर्जनले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रम प्रस्तोता अनुपना सापकोटाले गरेकी थिइन् । 
 
अतिथि तथा वक्ताहरुले बिशेष बोल्नु पर्ने र यौन हिँसाबिरुद्ध मा एकता हुनु पर्ने कुरामा जोड दिएका थिए । 

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस