पर्वत जिल्ला जन्मघर भई हाल नेदरल्याण्डमा बस्दै आएका विभिन्न पेशा, व्यवसाय, नोकरी र अध्ययनमा संलग्न भएका पर्वेतेलिहरु पर्वत समाज नेदरल्याण्डमा आवद्ध भएका छन् ।

अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहकार मनोहरी शर्मा र प्रेमकाजी गुरुङको विशेष उपस्थिति र केन्द्रिय सदस्य विष्णुप्रसाद पोखरेलको पर्यवेक्षणमा वुधबार नेदल्याण्डसमा एक भेला गरि समाजको तदर्थ समिती गठन भएको जनाइएको छ । पर्वत समाज नेदरल्याण्डको तदर्थ समितिको अध्यक्षमा नरबहादुर रोका, उपाध्यक्षमा अमीर गुरुङ, सचिवमा शुशिला बानियाँ, कोषाध्यक्षमा गौप्रसाद गुरुङ चयन हुनुभएको छ । सदस्यहरुमा भने रामप्रसाद रेग्मी, झलक विक्रम जिसी, फणिन्द्र वहादुर क्षेत्री, चन्द्र खत्री र लक्ष्मण रिजाल रहनुभएको छ । भेलाले विभिन्न निर्णय समेत गरेको छ ।

समाजको विधान निर्माणका लागि सयोजक राजेन्द्र चापागाईं र सदस्यमा बिष्णु प्रसाद पोख्रेल र तेज बहादुर रोका रहेको विधान कमिटि गठन गर्ने निर्णय गरेको छ भने समाजको अधिबेशन एक वर्ष भित्र सम्पन्न गर्ने भेलाले निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस