Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरु

पाकिस्तानी सेनाको आक्रमणमा दुई भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

पाकिस्तानी सेनाको आक्रमणमा दुई नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारतीय सेनाको सुवेदार पदमा कार्यरत रुपन्देहीको तिलोत्तमा–९ का ४२ वर्षीय गमरबहादुर थापा र ३९ वर्षीय रमन थापा रहेका छन् ।

दुवै जनाको भारतको कुपवाडा जिल्लामा भएको आक्रमणमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सुवेदारद्वयको गत शुक्रबार १२ बजे नै मृत्यु भएको हो ।

उनीहरु पाकिस्तानी सेनाको स्नाइपर आक्रमणमा परेका थिए । आक्रमणबाट गम्भीर घाइते भएका दुबैको भारतको श्रीनगरस्थित ९२ बेस अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

गमर सन् १९९३ मा र रमन सन् १९९६ मा भारतीय सेनामा भर्ती भएका थिए । मृतक गमरका पत्नी र दुई छोरा छन् भने रमनका पत्नी र सात वर्षीय एक छोरा छन् ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!