हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली काँग्रेसलाई बैचारिक एकतासँगै पार्टी एकताको लागि आब्हान गरेका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको आयोजनामा शुक्रबार हेटौंडामा भएको प्रदेश ३ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा थापाले काँग्रेस सहित अन्य प्रजातान्त्रिक बिचार बोकेका दलहरुलाई पार्टी एकता गर्न आब्हान गरेका हुन् ।

उहाँले कांग्रेस बेलैमा आफ्नो वैचारिक कित्तामा नआए प्रजा परिषदको हैसियतमा पुग्ने दाबी समेत गर्नुभएको छ । काँग्रेसलाई आफ्नो बैचारिक धरातल नबिर्सिन आग्रह गर्दै थापाले प्रजातान्त्रिक शक्तिहरु मिल्नुको बिकल्प नभएको बताउनुभएको हो ।

फरक प्रसँगमा उहाँले फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन नहुने गरी नियमावली पारित गरेर राजनीतिलाई अपराधिकरणतर्फ उन्मुख गराउनु दाबी गर्नुभयो ।

भ्रष्टाचारको दलदलमा देश फसेको भन्दै अध्यक्ष थापाले ३३ किलो सुन काण्डमा पनि संरक्षकहरु पक्राउ पर्नेमा आशंका ब्यक्त गर्नुभयो ।
थापाले राप्रपाको अबको बाटो संगठन निर्माण, जनपरिचालन र जनसंघर्ष रहेकोले सकृयतापूर्वक संगठन सुदृढीकरणमा केन्द्रित हुन युवाहरुलाई निर्देशन दिनुभयो ।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस