Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

अन्तरराष्ट्रिय

पूर्व राष्ट्रपति ओबाले हस्पिटलमा गएर क्रिसमस उपहार बाँडेपछि…

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा सान्ता क्लजको पहिरनमा वाशिङटनस्थित चिल्ड्रेन नेशनल हस्पिटलमा गएर क्रिसमस उपहार बाँडेका छन् ।

उपहारसहितको धोक्रो बोकेर ओबामा अस्पताल परिसरमा हिँड्दा धेरैले आश्चर्य माने । उनले बालबालिकालाई पजल, रिमोट कन्ट्रोल कारलगायतका खेलौना बाँडेका थिए ।

ओबामाले बिरामी बालबालिका, तिनका आफन्त तथा नर्सहरुसँग डेढ घण्टा बिताएका थिए । उनले बिरामी बालबालिकासँग फोटो पनि खिचाए ।

सीमित कर्मचारीबाहेक ओबामा आउने कसैलाई पनि थाहा थिएन । जब उनी अस्पताल पुगे, उनको अस्पताल बसाईभर नर्सिङ स्टेशनमा भीड नै जम्मा भइसकेको थियो । उनलाई अस्पतालका डाक्टर, रेजिडेन्ट र नर्सले क्रिसमसको शुभकामना व्यक्त गरेका बासिंटन पोस्टले लेखेको छ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!