बलिउड अभिनेता सलमान खानले अब पैसा फिर्ता माग्न आउने निर्माता र बितरक सँग काम नगर्ने घोषणा गरेका छन् ।

चलचित्र ट्युबलाईट बक्स अफिसमा फ्लप भएपछि सलमानले यो फिल्मका बितरकहरुलाई चलचित्रले गरेको नोक्सानको पचास प्रतिशत रकम फिर्ता गरेका थिए ।

यो ब्यापारको कस्तो सिस्टम हो ? लगातार १५ ओटा फिल्म हिट हुँदा कमाएको हिसाब नगर्ने तर एउटा फिल्म फ्लप हुँदा पैसा माग्न घर सम्म आउने, उनले पछिल्लो समय एउटा टेलिभिजनलाई अन्र्तवार्ता दिने क्रममा यस्तो बताएका हुन् ।

बितरकको किचलोबाट आजिद भएका सलमान चलचित्र रेस ३ बाट आफै बितरक पनि बन्दैछन् । यसै क्रममा उनले आफै प्रोड्युसर आफै बितरक भएपछि घाटा पनि आफै बेर्होने र नाफा पनि आफै खाने र कसैको किचलो सुन्नु नपर्ने पनि बताएका छन् ।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस