Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

प्रबाससमाचारहरुहेडलाइन

पोर्चुगलबाट नेपालका बिरामीहरुलाई आर्थिक सहयोग प्रदान ।

लिस्बोन, ७ अगस्ट २०१९ – बाग्लुङ्ग समाज, पोर्चुगलको पहलमा सङ्कलित २ लाख ९३ हजार २ सय ८० रुपैयाँ ( २,४०० यूरो) बाग्लुङ्ग जिल्लाका बिरामीहरुलाई हस्तान्तरण गरिएको छ ।
बाग्लुङ्ग जिल्लाको बडिगाड गाउपालीका वार्ड नम्वर १० निवासी क्यान्सर पिडित दल बहादुर बुढा मगर, एे, जिल्ला गल्कोट नगरपालिका नरेठाटी निवासी मृगौला पिडित  गम प्रसाद श्रीस र बाग्लुङ्ग नगरपालिका तित्याङ्ग निवासी क्यान्सर पिडित सपना खड्का खत्री गरि तिन जना बिरामीलाई क्रमश : ९७ हजार ७ सय ६० का दरले बराबर उपचारका लागि उक्त रकम हस्तान्तरण गरिएको छ ।
गैर आवासिय नेपाली संघ पूर्व आइसीसी सदस्य तथा बाग्लुङ्ग समाज, पोर्चुगलका सल्लाहकार सुर्यहमालको टोलीमार्फत  उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो ।
प्रवासमा अथवा आफ्नो जिल्लामा भैपरी आउने बिबिध समस्याहरुमा बाग्लुंग समाज पोर्चुगलले सहयोग गर्दै आइरहेको छ ।
समाजद्वारा आवहान गरिएको उक्त सहयोग रकम संकलन कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण सहयोगदाताहरुलाई बाग्लुङ्ग समाज, पोर्चुगलको तर्फबाट अध्यक्ष प्रेम खड्काले सबै सहयोगी मनहरुलाई धन्यवाद दिएका छन् ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!