Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

लेख रचनाहेडलाइन

पोर्चुगलमा चुनाव लाग्यो । बाघ बुढो र स्याल तन्नेरीको कथन जस्तैे ।

वाई.बी.गुरुङ्ग, २२ अगष्ट २०१९ — गैर आवासीय नेपाली संघ,पोर्चुगलको सातौ अधिवेशनको मिति मात्र ३ दिन बाँकी छ । यही २५ अगष्ट २०१९ का दिन राजधानी लिस्वोनमा सम्पन्न हुने कार्यक्रम तय भएकाृ छ ।
यो अधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेत्रुत्व सहित राष्ट्रिय समन्वय परिषद,पोर्चुगलको नयाँ कार्यसमिति चयन गर्दै छ जस्मा निर्वाचन समितिले आफ््नो काम धमाधम गरिरहेको कुरा संयोजक अशोक घिमिरेले जानकारी दिएका छन्् ।

जति जति निर्वाचनको मिति नजिकिदै छ उति उति चुनाव प्रचार प्रशार, भोट अपिल, भेटघााट, छलफल आदिको गति एट््लाण्टीक महासागरमा सुनामी आए जस्तै तेज गतिमा बढेको महशुस हुन थालेको छ पोर्चुगल ।

कूल २ हजार १ सय २८ जना मात्र पञ्जीकृत सदस्य दर्ता भएका छन पोर्चुगलमा यसर्थ २ जना सदस्यले अन्तर्राष्ट्रिय समन्वय परिषदमा सहभागी हुन पाउने एनआरएनको केन्द्रीय विधानले व्यबस्था गरे अनुसार पोर्चुगलबाट २जना सदस्य केन्द्रीय समितिमा सहभागी हुनु पर्नेमा चार जनाले दावेदार गरेका छन्् ।

राष्ट्रय समन्वय परिषदको अध्यक्षमा भने २ जनाको मात्र उम्मेदवार परेको छ भने अन्य बरिष्ठ उपाध्यक्षमा २ जनाको,अन्य उपाध्यक्षमा ४ जनाको उम्मेदवार परेको छ भने महासचिवमा २ जना र कोषाध्यक्षमा २ जनाको उम्मेदवार परेको छ यसरी आईसीसी सदस्य, अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा निर्वाचन हुने भएको छ ।

गैर आवासीय नेपाली संघको स्थापनाकाल देखी हाल सम्म अघिल्लो कार्यकाल छैठौ अधिवेशन सम्म काङ््ग्रेसबाहेक अन्य कुनै पनि राजनितिक दलका समर्थकले नेत्रुत्व गरेको छैन र यस पटक सातौ अधिवेशनमा बुढो बाघलाई तन्नेरी स्यालले चुनौति दिन सक्ला त ?

विगतका अधिवेशनमा पनि निर्वाचनको तालिका तोकिएका हुन्थे अन्तिम अवस्था सम्म सहमतिबाट निर्णयहरु गर्दै पोर्चुगलको नेपाली समाजलाई एक ढिक्का भएको सन्देश दिन सफल भएको एनआरएनए,पोर्चुगल यति बेला कहाँ निर चुक्यो ? यो प्रश्न जति सजिलो छ यस्का धेरै आयामहरु छन यस्का बारेमा अर्को बहस गर्नु आवश्यक छ तर आज, काङ््ग्रेसको विरासत ताड््न नेकपा लागिपरेको छ किन ?

एनआरएनएको विधानले भन्छ “ कुनै पनि राजनितिक आस्था र संगठनमा आवद्ध ब्यक्ति एनआरएनएको नेत्रुत्व गर्न मिल्दैन …..? तर जति बेला एनआरएनएको अधिवेशन आउँछ नेपालको झल्को दिने गरि चुनावको रडाको मच्चिन्छ प्रवासमा ,हो यति बेला पोर्चुगलमा पनि त्यहि नेपालको झल्को दिने गरि चुनवामा भोट माग्ने,आफ््ना समर्थकलाई खटाउने आदि गर्दै समाजिक सञ्जाल रङ्गीएको छ मानिसहरु यो तेरो मान्छे,यो मेरो मान्छे गर्दै एक आपसमा हिलो छेपा छेप गर्दै छन्् यसै सन्दर्भमा आगामी नेत्रुत्वका बारेमा केही चर्चा गर्नै पर्ने हुन्छ ।

काङग्रेसले यो पटक अघिल्लो पटक भन्दा पनि  अधिकतम सहमति गरेर सर्व सम्मत कार्यसमिति चयन गरौँ भन्ने काङग्रेसको उच्चतम लचकतालाई “कमजोरी” ठानेर निर्वाचन सम्म धकेल्ने नेकपाको गलत बुझाईमा संघिय समाजवादी फोरम र आदिवासी जनाजाती महासंघ,पोर्चुगलले साथ दिनु  वर्तमान नेत्रुत्वहरुले गम्भिर भूल गरेका छन्् ।

काङ््ग्रेसले संघिय समाजवादी फोरम र आदिवासी जनजाति महासंघका तर्फबाट २ जना आईसीसी सदस्य, १ जना उपाध्यक्ष, महासचिव, महिला उपाध्यक्ष, कोषाध्यक्ष र अन्य ४ जना सदस्यको प्रस्तावलाई वेवास्ता गरेर नेकपाको तर्फबाट १ जना आईसीसी र एक बरिष्ठ उपाध्यक्षका लागि नेकपाको काँध थाप्नु पर्ने कस्तो बाध्यता थियो ? यस्को जवाफ दिने आँट वर्तमान नेत्रुत्वमा छ ?
आफै समावेशीताको कुरा गर्ने ,सिमान्तकृतहरुको कुरा गर्ने, अधिकारको कुरा गर्ने आदिवासी जनजाति महासंघ,पोर्चुगल र संघिय समाजवादी फोरमले दुई पदका लागि मात्र नेकपाको काँध थाप्नु भनेको समुदायको अधिकारका लागि भन्दा पनि ब्यक्तिगत स्वार्थका लागि अरुको कठपुतली वनेको कुरा छर्लङ्ग हुन आउँछ ।

अव, कुरा गरौँ आईसीसी उम्मेदवारहरुको ? नारायणकाजी थापा( काङग्रेस) वर्तमान उपाध्यक्ष,  रविन्द्र अधिकारी ( वर्तमान युवा संयोजक ) धनराज शेर्पा, ( वर्तमान सल्लाहकार, संघिय समाजवदाी फोरमका अध्यक्ष), गोविन्द सपकोटा (वर्तमान उपाध्यक्ष नेकपा ) यि चारै जना लिस्वोनमा व्यावसाय गर्छन । नेत्रुत्वका लागि ब्यक्तिको आचरण र ब्यक्त्विले ठूलो भूमिका हुन्छ यो अर्थमा अन्य ३ मध्ये नारायण काजी थापा अब्बल छन्् ।

अध्यक्षका उम्मेदवारको हकमा माथिको शिर्षक ठ््याक्क लागू हुन्छ । बाघ बूढो र स्याल तन्नेरी । विगत देखी काङग्रेसको अधिपत्य रहेको एनआरएनए, पोर्चुगलमा काङग्रेस ”बाघ“ हो भने नेकपा ”स्याल“नै हो कस्तो संयोग मिलेको भने दुईजना उम्मेदवारको उमेरको हिसाबले पनि तिलक प्रसाद गैरे ५० को हाराहरीमा पुगेका भने ईश्वर रिजाल भर्खर ३० काट््दै गरेका अब, बाघले सिनु त कहिलै खादैन तर यो पटकको बाघको चेलाले स्याललाई लखेट््न सक्यो भने पनि काङग्रेसले विरासत कायम गर्ने छ यदि लखेट््न सकेन भने नेकपाले नयाँ ईतिहास लेख्ने छ । यस्तो अवस्थाको सृजना कस्ले कुन अवस्था र परिस्थितिमा भयो र ग¥यो भन्ने अर्को लामो बहस हुनेछ ।

के गर्छ यी दुई अध्यक्षका दावेदारहरु ?

तिलक गैरे हेर्दा जिम्मेवार जस्ता देखिन्छन्् । सायद उमेरले पनि होला । यिनले आफ््नै रोजगारदाता एजेन्सीमार्फत पोर्चुगलका विभिन्न कृषी फारामहरुमा कामदार सप्लाई गर्छन । परिवार सहित लिस्वोन भन्दा करिव २ सय किलोमिटर टाढा ओदिमेरा भन्ने ठाउँमा बस्छन्् भने उनका प्रतिश्प्रर्धि ईश्वर रिजाल केही पोर्चुगल आउनु अघि डेनमार्कमा विधार्थी भिषामा आएका थिए पछि पोर्चुगल आएर केही समय रेष्टुरेण्ट ब्यावसाय गरे तर ब्यावसाय नफापे पछि हाल ट्रान्सपोर्ट सम्वन्धि काम गर्छन र परिवार सहित लिस्वोनमा बस्छन्् ।

अव चर्चा गरौँ बरिष्ठ उपाध्यक्षको ?
काङग्रेसले वर्तमान सदस्य भिमसेन थापा (रोशन काजी)लाई उम्मेदवार बनाएको छ भने नेकपा, संघिय समाजवादी फोरम र आदिवासी जनाजाती महासंघको गठबन्धनका तर्फबाट आन्द गुरुङ्ग उम्मेदवार बनेका छन्् ।

रोचक त यहाँ निर पो छ ? केहो भने, उपाध्यक्षका अन्य २ पदमा काङग्रेसले अशोक गुरुङ्ग र मक्षिन्द्र अर्याललाई अगाडी सारेको छ भने नेकपाको गठबन्धनले पेम्छिरी शेर्पालाई उभ्याएको छ तर अघिल्लो कार्यकालमा सोही पदमा पराजित भएका पत्रकार गणेश पाण्डे यो पटक पनि स्वतन्त्र उम्मेदवारको रुपमा उभिएका छन्् अचम्म यहाँ निर छ उनकी धर्मपत्नी सम्झना अधिकारी पाण्डे सदस्य पदमा निर्विरोध निर्वाचन भैसकेकी छन्् भने काङग्रेसका तर्फबाट उम्मेदवार बनेका अशोक गुरुङ्गलाई नेकपाले पनि सहयोग गर्ने भन्दै प्रचार गरिरहेको छ ।

महासचिवमा हेमराज सुवेदी नेकपाको तर्फबाट र प्रकाश कडरिया काङग्रेसका तर्फबाट उम्मेदवार बनेका छन भने कोषाध्यक्षमा हरि थापा (नेकपा) र विक्रम जङ कुँवर (काङग्रेसका तर्फबाट उम्मेदवार बनेका छन्् भने युवा संयोजकमा काङग्रेसले दिनेश भण्डारीलाई अगाडी सारेको छ भने मिलन रेग्मीलाई नेकपाले उभ्याएको छ ।

यी बाहेक एक—एक जना सचिव सहित अन्य सात—सात सदस्य नेकपा र काङग्रेसले सहमतिबाट बाँडफाँड गरेकोमा तुलनात्मक रुपमा नेकपा,संघिय समाजवादी फोरम र आदिवासी जनजानी महासंघ,पोर्चुगलको संयुक्त प्यानलमा काङग्रेस बढी समावेशी देखीएको छ ।

निर्वाचन समितिले २ वटा मतदान केन्द्र तोकेको छ । लिस्वोन र अल्गार्भ,मोन्तेगार्दो, आल्वुफेईरा, ओदिमेरा आदिका लागि एक केन्द्र तोक्ने छ । कूल २ हजार १ सय २८ पञ्जीकृत सदस्य मध्ये १ हजार २ सय मत खस्ने प्रारम्भिक अनुमान गरिएको छ जस्मा ६ सय ५० भन्दा बढी मत ल्याउने उम्मेदवारले जित हासील गर्ने अनुमान रहेको छ ।

अव भोट कस्लाई दिने ?

भोट दिनु ब्यक्तिको नितान्त ब्यक्तिगत स्वतन्त्रताको विषय हो । तर माथि दृष्टान्तमा चर्चा गरिएका उम्मेदवारहरुमध्ये आचरण, ब्यक्त्वि, समाजमा आई पर्ने हरेक समस्याहरुमा साथ दिने, जुझारु, सहयोगी भावना भएको, (सोसल बनाई दिन्छु भन्दै, फिनान्स बनाई दिन्छु भन्दै, काम लगाई दिन्छु भन्दै, घर भाडामा मिलाई दिन्छु भन्दै, अनावश्यक प्रत्यक्ष वा अप्रत्यक्ष दुख दिने, सहयोगको नाममा पैसा उठाउदै हिड््ने, सहयोग लक्षित समुह वा व्यक्तिलाई नदिने वा प्रयोग नगर्ने, त्यसरी जम्मा गरिएका रकमहरुको कुनै हिसाव किताव नदेखाउने पार्दशिता नहुने, मुखले बोल्दा ठिक्क पार्ने पछाडी छुरा हान्ने,मुड््की बजार्ने, धाक धम्कि दिने जस्ता कार्यहरु गर्ने जोकसैलाई पनि समाजिक संस्थाको नेत्रुत्व गराउनु भनेको आफ््नै खुट्टामा बन्चरो हान्नु होईन त ?
विवेक प्रयोग गरेर भोट हाल्नु होला । राम्रो एनआरएनए हुन नसके पनि नराम्रो चाही नहोस र नबनाउँ ।
अस्तु

लेखक ः अनेसास,पोर्चुगलका अध्यक्ष हुन ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!