Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

प्रबासमनोरन्जन

पोर्चुगलमा “नलीना एकल साङ्गितीक साँझ” हुदै ।

लिस्वोन, १७ अगष्ट २०१८ — दुई दशक पहिलेकी बहु चर्चित नेपाली पप गायिका नलीना चित्रकार पोर्चुगल आउने कार्यक्रम तय भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), पोर्चुगल र संघिय नेपाली महिला फोरम, पोर्चुगलले संयुक्त रुपमा नेपालको सुदूर पश्चिमका महिला तथा बाल बालीकाहरुमा लागेको गम्भिर प्रकृतिका रोगको उपचारार्थ सहयोग स्वरुप यही २०१८ अगष्ट १९ तारिक आयोजना गरिएको “नालीना एकल साङ्गितीक साँझ” कार्यक्रमलाई गायिका चित्रकारले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
गायिका चित्रकार हाल यरोप भ्रमणमा रहेकी छन्् । यूरेपका विभन्न देसहरुमा आफ््नो साङ्गितीक प्रस्तुति दिदै पोर्चुगल आउन लागेकी गायिका चित्रकारले आफ््ना पुराना तथा नयाँ गीतहरुमार्फत भरपूर मनोरञ्जन दिने कुरामा आयोजकहरु ढुक्क रहेका छन ।
यहि अगष्ट १९,२०१८ मा हुने उक्त साङ्गितीक कार्यक्रममा च्यारीटी डिनर सहित हुने उक्त कार्यक्रम लिस्वोन स्थित प्रासा दा स्पान्यामा रहेको रेष्टुरेण्ट ओक मुण्डोमा कार्यक्रम तय भएको कुरा आयोजकले जानकारी दिएका छन्् । यही आईतवार बेलुका ८ बजे देखी १२ बजे सम्म हुने उक्त च्यारीटी डिनर तथा साङ्गितीक साँझ कार्यक्रममा उपस्थित हुनका लागि पोर्चुगलवासी नेपाली डायस्पोराका सम्पूर्ण दाजु भाई तथा दिदी बहीनीहरुलाई आयोजकले अनुरोध गरेको छ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!