Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

मनोरन्जनहेडलाइन

पोर्चुगलमा नेपाली चलचित्रको “धार”माथि विशेष अन्तरकृया सम्पन्न ।

वाई.बि.गुरुङ्ग, लिस्वोन, १३ मार्च २०१९ — नेपालका बरिष्ठ चलचित्र निर्देशक नविन सुब्बाज्यूको प्रमुख आतिथ्यतामा राजधानी लिस्वोनमा एक विशेष अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
“नेपाली चलचित्रको वर्तमान अबस्था र नेपाली चलचित्रको “धार” विषयक विशेष अन्तरकृया कार्यक्रममा प्रमुख अतिथि निर्देशक सुब्बाले नेपाली चलचित्रको धार र विकासक्रमका बारेमा चर्चा गर्नु भएको  थियो ।
विगत ३ दशक देखी नेपाली चलचित्र क्षेत्रमा कृयाशिल निर्देशक सुब्बाले नेपाली चलचित्रको विकासगर्नुमा राज्यले प्रमुख रुपमा भूमिका खेल्नु पर्ने बताए ।
सुब्बाद्धारा निर्देशित पहिलो शेर्पा भाषा तथा संस्कृतिका बारेमा नेपाली चलचित्र “खाङ््ग्री” मार्फत नेपाली चलचित्रलाई विश्व बजारमा परिचित गराउने पहिलो निर्देशक सुब्बाले लिम्वु भाषा तथा संस्कृतिमा आधारित “नुमाफुङ्ग” चलचित्र पनि उनैले निर्माण गरेका हुन ।
नेपाली चलचित्रको वास्तविक धार निर्माण हुनु र गर्नु पर्दछ भन्ने उद्देश्यले विगत तिन दशक देखी यस क्षेत्रमा लागेका निर्देशक सुब्बा हाल “गुड बाई काठमाण्डौ ” नामक नेपाली चलचित्रको यूरोप ब्यापी प्रर्दशनका लागि पोर्चुगल आएका थिए ।
विशेष गरि नेपालका आदिवासी जनजातीहरुको भाषा,संस्कृति र रहन सहन माथिको वास्तविकता नै नेपालको मौलिकता हो भन्ने मान्यता राख्नु हुने निर्देशक सुब्बाले “ नेपाली चलचित्र उधोगको ६० दशक विति सक्दा पनि अझै सम्म यस उधोगमा लागेका ब्यक्ति वा समुदायहरुले बुझ््न नसकेको तितो यथार्तता विच आफूले यस्को शुरुवात गरेको जिकिर गर्दै यस कार्यका लागि राज्यको पहिलो दायित्व हो भने दोस्रो दायित्व सामाजिक अभियन्ता, राजनितिक पार्टी, युुवा युवती सम्पूर्ण आम नागरिकको सकारात्मक भूमिका हुनु जरुरी रहेको कुरा तर्फ जोड दिएका थिए  ।
“नेपाली चलचित्रको धार पुरै हिन्दी भाषा र बलिउडमा आधारित भएको प्रति चिन्ति हुदै सुब्बाले “ अब,नेपाली चलचित्रको धार बदलिनु आबश्यक भएकोले आफू यस तर्फ केन्द्रित रहेर फिल्म बनाउने गरेको बताउदै “ गुड बाई काठमाण्डौ” पनि यहि अभियानको एक उदाहरण भएकोले पनि सम्पूर्ण नेपालीहरुले एक पटक गुड बाई काठमाण्डौ हेर्नु पर्ने बताए ।
आदीवासी जनजाती महासंघ,पोर्चुगलद्वारा आयोजना गरिएको उक्त अनर्तरकृया कार्यक्रममा नेफिन पोर्चुगलका कार्यवाहक अध्यक्ष राजेन्द्र शेर्पाको अध्यक्षतामा, नेफिन, पोर्चुगलका उपाध्यक्ष हेम गुरुङ्गले स्वागत मन्तब्य राखेका थिए भने  महासचिव मदन लिम्वुले सञ्चालन गरेका थिए ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ,पोर्चुगलका अध्यक्ष कुवेर कार्की,उपाध्यक्ष द्धया नारायण काजी थापा, गोविन्द सापकोटा, नेपाली जनप्रगतिशिल एकता मञ्च,पोर्चुगलका सचिवालय सदस्य गोविन्द पौड््याल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास),पोर्चुृगलका अध्यक्ष वाई.बि.गुरुङ्ग, तामाङ्ग समाज,पोर्चुगलकी अध्यक्ष सुनिता तामाङ्ग, शेर्पा एशोसिएबन पोर्चुुगलका अध्यक्ष ओङ्गेल लामा, नेपाल पत्रकार महासंघ,यूरोप शाखाका महासचिव योगेन्द्र मिलन छन्त्याल, लगाएतका बक्ताहरुले आ—आफ््नो सुझाव तथा प्रतिकृया राखेका थिए ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!