Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

प्रबासहेडलाइन

पोर्चुगलमा नेपाली नयाँ वर्ष २०७६ भब्य रुपमा मनाईयो ।

वाई बि गुरुङ – लिस्वोन,१५ अप्रिल २०१९ — पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुले राजधानी लिस्वोनमा एक भव्य सांस्कृतिक कार्यक्रम साथमा बार्बिक्यु गरि नेपाली नयाँ वर्ष विक्रम सम्वन २०७६ लाई भब्य रुपमा स्वागत गरि मनाए ।
विविधतामूलक नेपालको सामुहिक पहिचान झल्किने विभिन्न सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको उक्त कार्यक्रममा  एक आपसमा शुभकामना आदान प्रदान गर्नुका साथै  नाच गान गरि भब्य र खुशियाली साथ नयाँ वर्ष मनाईयो ।
नेपाल आदिवासी जनजाती महासंघ,पोर्चुगलले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि गैर आवासीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य पेम्वा शेर्पा, विशिष्ट अतिथि गैर आवासीय नेपाली संघ,पोर्चुगलका उपाध्यक्ष नारायण काजी थापा,लिस्वोनका लागि नेपाली अवैतनिका वाणीज्यदूत मकार बहादुर हमाल, नेपाली पर्यटनदूत रमेश कुमार गुरुङ्ग, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास),पोर्चुगलका अध्यक्ष वाई.बि.गुरुङ्ग,नेपाली नारी समाज,पोर्चुगलकी अध्यक्ष जय कला राई, तमू समाज,पोर्चुगलका अध्यक्ष प्रितम गुरुङ्ग,मगर समाज,पोर्चुगलका अध्यक्ष चोप कुमार राना मगर, तामाङ्ग समाज,पोर्चुगलकी अध्यक्ष सुनिता ब्लोन तामाङ्ग, शेर्पा एशोशियसन,पोर्चुगलका अध्यक्ष ओङ्गेल लामा, नेपाली संघिय समाजवादी फोरम (नेफोसो),पोर्चुगलका अध्यक्ष सोम फूरी शेर्पा, गैर आवासीय नेपाली संघ,पोर्चुगलका संरक्षक परिषद सदस्य रोवर्ट लिम्बु, अन्तर्राष्ट्रिय नेपाली समाज (नयाँ शक्ति),पोर्चुगलका अध्यक्ष धनराज शेर्पा, नेपाली जनप्रगतिशिल मोर्चा,पोर्चुगलका महासचिव प्रविन अधिकारी , नेपाल कलाकार मञ्च यूरोप उपाध्यक्ष भवगवान भूजेल,नेपाल पत्रकार महासंघ,यूरोप शाखाका महासचिव र सचिव द्धय योगेन्द्र मिलन छन्त्याल र पेम्वा गेलु शेर्पा आदि लगाएत विभिन्न संघ संस्थाका पदाधिकारीहरुले शुभकामना मन्तब्य राखेका थिए ।
सम्पूर्ण नेपालीहरुको छाता संगठन गैर आवासीय नेपाली संघ,पोर्चुगलले नेपालका आदिवासीहरुको मौलिक संस्कृतिलाई र देस चिनाउने कार्यक्रम “नेपाल महोत्सब २०१९ ”कार्यक्रममा नेपालका आदिवासीहरुको समतामूलक सहभागितालाई अस्विकार गरेका कारण  नेपाल आदिवासी जनाजाती महासंघ,पोर्चुगलले छुट्टै कार्यक्रमको आयोजना गरि नेपाल झल्को दिने गरि पन्चे बाजा, लोक दोहोरी,कौडा,सालैज्यो, आदि गीतमार्फत कलाकारहरु तेज गाहा मगर,शुवास पुन मगर, गीता रेउले आदि लगाएतका कलाकारहरुले आफ््नो प्रस्तुति प्रस्तुत गरेका थिए ।
उक्त शुभकामना आदान प्रदान कार्यक्रममा आदिवासी जनजाती महासंघ,पोर्चुगलका उपाध्यक्ष हेम गुरुङ्गद्धारा स्वागत र कार्यक्रम  महासचिव मदन लिम्वुले सञ्चान गरेका थिए भने कार्यक्रमको अत्यमा कार्यवाहक अध्यक्ष तथा शुभकामना आदान प्रदा कार्यक्रमका सभापति राजेन्द्र शेर्पाले “ गैर आवासीय नेपाली संघ,पोर्चुगलको हालको कुवेर कार्कीको नेत्रुत्व माथि प्रश्न उठेको बताउदै निर्णय एनआरएनए, पोर्चुगलमा तिन दर्जन भन्दा बढी कार्यसमिति भएको सक्षम होला भन्ठानेको होईन पो रहेछ” एन आरएनएले गर्नु पर्ने निर्णय बाहीरी एक दुई जना ब्यक्तिले गर्ने हो भने किन चाहियो यो एनआरएनए ? भन्दै नेत्रुत्वको कटु आलोचना गरेका थिए ।
“नेपाल महोत्सवमा नेपाल चिनाउने भनेर कार्यक्रमको आयोजना गरिएको भए पनि ब्याबहारत त्यस्तो नपाईएको र बहुधार्मिक, बहुजाती, बहुभाषी, बहुसांस्कृतिक विविधतामा एकता भएको सुन्दर नेपालका बारेमा विदेसी सामू गलत सूचना प्रवाह गरि एकलजातीय, एकल धर्मको मात्र प्रचारप्रसार गर्ने गरि एकोहोरो रुपमा कार्यक्रम गर्ने र आदिवासीहरुको पहिचानलाई सम्वोधन गर्न चुकेको र आदिवासी जनजाती महासंघ,पोर्चुगलले यो कुरा सच्याउ अनि संगै मिलेर नेपाल चिनाउने कार्यक्रम गरौ भन्दा गैर आवासीय नेपाली संघ, पोर्चुगलका अध्यक्ष कुवेर कार्की र अन्य पदाधिकारीहरु संग विभिन्न चरणमा वार्ताहरु भएका थिए तर उनिहरुको हाम्रो प्रस्तावलाई ठाडै अस्विार गर्दै तिमीहरु विना पनि नेपाल महोत्सव सफल पार्न सक्छौँ भन्दै एकोहोरो दम्व र रवैया देखाएकाले आदिवासी जनजाती महासंघ,पोर्चुगलले यो कार्यक्रममको आयोजना गरेको” प्रष्ट पारेका थिए ।
कार्यक्रममा नेपाल पर्यटनदूत रमेश कुमार गुरुङ्गले “ विना स्वार्थ आफूले सामाजिक कार्य गर्दै आएको र पोर्चुगलको नेपाली डायस्पोरा हिजो भन्दा आज झन सजिलो बन्दै गएको र आदिवासीहरुले हरेक क्षेत्रमा नेत्रुत्व र आफ््नो प्रगति गर्नु पर्ने बताउदै आगामी दिनमा आफ््नो संस्थागत वा ब्यक्तिगतरुपमा सदैब सहयोग रहने कुरा बताएका थिए ” ।
कार्यक्रममा आदिवासी जनजाती महासंघ,पोर्चुगलका अध्यक्ष स्वर्गिय नरभूपाल राई र हालै मात्र निधन भएका स्यांजाका युवक विदुर रेग्मिप्रति एक मिनेट मौन धारण गरिएको थियो भने नेपाल सम्झदै नेपाली राष्ट्रिय गीत र आदिवासी गीत  बजाईएको थियो ।
उक्त कार्यक्रममा हालै सम्पन्न नेपाली नारी समाज, पोर्चुगलकि नवनिर्वाचित अध्यक्ष जय कला राईलाई बिशेष सम्मान गरिएको थियो ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!