Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

प्रबास

पोर्चुगलमा संयुक्त शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

वाई.बि.गुरुङ्ग, ०२ जनवरी २०१९ — आदिवासी जनजाती महासंघ,पोर्चुगलद्धारा नेपालका विविध राष्ट्रिय चाडहरु उधौली, योमरी पूजा,तमू फोल्होसार,सोनाम ल्होसार,ग्याल्बो ल्होसार तथा माघे सकराति तथा माघिको अबसर पारेर अङगे्रजी नयाँ बर्षको दिन एक बृहत शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा पोर्चुगलको नेपाली डायस्पोरामा कृयाशिल विविध जातिय संघ संस्था तथा राजनितिक भातृ संगठनका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
आदिवासी जनजाति महासंघ,पोर्चुगलका कार्यबाहक अध्यक्ष राजेन्द्र शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त शुभकामना आदान प्रदान कार्यक्रममा महासंघको तर्फबाट प्रथम उपाध्यक्ष हेम गुरुङ्गले स्वागत मन्ब्य राख्दै औपचारिक रुपमा शुरु भएको कार्यक्रममा प्रमुख अतिथि पोर्चुगलका लागि पहिलो नेपाली पर्यटनदूत  तथा आदिवासी जनजाति महासंघ,पोर्चुगलका पूर्व संरक्षक रमेश कुमार गुरुङ्ग, गैर आवासिय नेपाली संघ,पोर्चुगलका संरक्षक परिषदका सदस्य रोवर्ट लिम्वु, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास),पोर्चुगलका अध्यक्ष वाई. बि. गुरुङ्ग, गैर आवासिय नेपाली संघ,पोर्चुगलका उपाध्यक्ष नारायणकाजी थापा मगर, नेपाल पत्रकार महासंघ,युरोप शाखाका महासचिव तथा आदिवासी जनजाति महासंघ, पोर्चुगलका पूर्व महासचिव योगेन्द्र मिलन छन्त्याल, संघिय समाजवादी फोरम नेपाल पार्टीका पोर्चुगल अध्यक्ष सोमफुरी शेर्पा, नयाँ शक्ति नेपाल पार्टीका पोर्चुगल अध्यक्ष धनराज शेर्पा, मगर समाज,पोर्चुगलका अध्यक्ष चोपकुमार राना मगर, तमू समाज, पोर्चुगलका अध्यक्ष प्रितम गुरुङ्ग, किरात याक्थुङ्ग पोर्चुगलका अध्यक्ष दीपा लिम्वु, शेर्पा सोसाईटी युरोपका महासचिव तथा पत्रकार महासंघ युरोप शाखाका सदस्य पेम्वा गेल्वु शेर्पा लगायतका बक्ताहरुले शुभकामना मन्वब्य राखेका थिए । आदिवासी जनजाति महासंघ,पोर्चुगलले नेपालका विविध राष्ट्रिय चाडपर्वहरुको अबसर पारेर  पहिलो पटक आयोजना गरेको संयुक्त शुभकामना आदान प्रदान कार्यक्रमको सबैले खुलेर प्रशंसा गरेका थिए भने प्रवासमा कृयाशिल गैर आवासीय नेपाली संघहरुलाई सबै नेपालीहरुको साझा  तथा छाता संगठनको रुपमा विकास गर्नका लागि यस्ता किसीमका कार्यक्रमहरु एनआरएनले पनि गर्नु पर्नेमा सबैले जोड दिएका थिए ।कार्यक्रमको पहिलो औपचारिक शुभकामना आदा प्रदान कार्यक्रमको समापन गर्दै आदिबासी जनजाति महासंघ,पोर्चुगलका कार्यबाहक अध्यक्ष राजेन्द्र शेर्पाले उपस्थित सबैलाई धन्यवाद दिदै महासंघको आगामी पाँचौ अधिवेशनका बारेमा सबै आदिवासी अग्रज तथा अभियन्ताहरुले आआफ््नो सकारात्मक सल्लाह र सुझाव दिन अनुरोध गर्दै पहिलो चरणको औपचारिक कार्यक्रम समापन भएको थियो ।
कार्यक्रम महासंघका महासचिव मदन लिम्वुले सञ्चालन गरेका थिए ।कार्यक्रमको दोस्रो चरणमा पोर्चुगलमा बसोबास गर्ने कलाकारहरु शुवास पुन मगर, तेज गाहा मगर , ईमान सिँह मगर लगाएतका कलाकारहरुको साङ्गितीक रौनकले कार्यक्रम निक्कै भब्य र सभ्य रुपमा सम्पन्न भएको थियो । कार्यक्रम लिस्वोन स्थित रहेको स्यम्भू रेष्टुरेण्टमा भएको थियो ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!