लिस्वोन,२६ नोभेम्वर २०१८—  राजधानी लिस्वोनमा विविध साहित्यिक कार्यक्रा सहित ११०औँ लक्ष्मी जयन्ती भव्य रुपमा मनाईयो । अन्तर्रासष्ट्रय नेपाली साहित्य समाज (अनेसास), पार्चेुगलको आयोजनामा आयोजित उक्त कार्यक्रमलाई पोर्चुगलका लागि नेपाली पर्यटन दूत, गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व सदस्य तथा एनआरएनए, पोर्चुगलका पूर्व अध्यक्ष तथा अनेसास,पोर्चुगलका सल्लाहकार रमेश कुमार गुरुङ्गव्यूले दिप प्रज्वलन गरि कार्यक्रमको विधिवत उद््घाटन गर्नु भएको थियो ।
कार्यक्रम उद््घाटन पश्चात सामुहिक रुपमा नेपालको राष्ट्रिय गीत गाएर कार्यक्रमको शुरुवात गरिएको थियो ।
कार्यक्रममा अनेसास पोर्चुगलका सचिव स्पन्दन विनोदद्धारा देवकोटाको जीवनी पढेर सुनाएका थिए भने कार्यक्रममा अनेसास,पोर्चुगलद्धारा पहिलो पटक प्रकाशित अनेसास भित्ते पात्रोको विमोचन समेत गरिएको थियो ।
स्थानिय एभरेष्ट रेष्टुरेण्टको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा पोर्चुगलमा रहेका बाल बालीका देखी बृद्ध उमेरका विभिन्न साहित्यानुरागीहरुले आ—आफ््नो रचना वाचन गरेका थिए ।
साथमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रिय उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएका साहित्यकार तथा गीतकार सुनिल सङ्गमलाई विशेष सम्मान र्गिरएको थियो भने अनेसासा,पोर्चुगलद्धारा आयोजना गरिएको बाल कविता तथा चित्रकला प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नु हुने साहित्यकार सुनिल सङ्गम, अनेसास,पोर्चुगलका वरिष्ठ उपाध्यक्ष कृष्ण कडेल “जिज्ञासु”, उपाध्यक्ष कमल सापकोटा, सचिव सबी श्रेष्ठ तथा कोषाध्यक्ष सञ्वय लामा लगायत अन्य विभिन्न प्रतियोगिताहरुमा सहभागी प्रतियोगितामा सहभागी बालबालीकाहरुलाई प्रमुख अतिथिद्धारा प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा अनेसासको २१औँ श्रृङ््खला रचना वाचन कार्यक्रम पनि भएकोले दर्जन भन्दा बढी साहित्यानुरागीहरुले आ—आफ््नो रचनाहरु वाचन गरेका थिए ।
कार्यक्रममा अनेसास,पार्चुगलका बरिष्ठ उपाध्यक्ष कृष्ण कडेल “जिज्ञासु”ले स्वागत मन्तव्य राखेका थिए भने  सचिव स्पन्दा विनोदले संचालन गरेको उक्त कार्यक्रमा पोर्चुगलको नेपाली डायस्पोरामा कृयाशिल विभिन्न संघ संस्थाका अध्यक्षहरुले सम्वोधन गरेका थिए ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ,पोर्चुगलका अध्यक्ष तथा अनेसास,पोर्चुगलका सल्लाहकार कुविर कार्की,नेपाली नारी समाज पोर्चुगलकी अध्यक्ष तथा अनेसास,पोर्चुगलकी सल्लाहकार सीता बराल, एनआरएनए,आईसीसी,सदस्य नरेन्द्र बहादुर हमाल, एनआरएनए,पोर्चुगलका पूर्व अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा, नेपाली जनसम्पर्क समिति,पोर्चुगलका अध्यक्ष विनोद घिमिरे, नेपाली संघिय समाज,पोर्चुगलका अध्यक्ष सोम शेर्पा,नवलपुर समाजका अध्यक्ष जयभद्र सापकोटा,गुल्मी समाजका अध्यक्ष,युवराज पन्थी, पत्रकार तथा युरोप नेपाली डट कम अनलाईनका सञ्चालक राजकुमार थापा, नेपाल पत्रकार महासंघ,यूरोप शाखाका महासचिव योगेन्द्र मिलन छन्त्याल, लगायतका बक्ताहरुले शुभकामना मन्तव्य सहित रचनाहरु वाचन गरेका थिए ।
कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति तथा अनेसास,पोर्चुगलका अध्यक्ष वाई.बि. गुरुङ्गज्यूले कार्यक्रम भव्यरुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुमा विशेष धन्यवाद सहित आफ्रनो छोटो मुक्तक वाचन गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस