Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

प्रबासहेडलाइन

पोर्चुगलमा १२औँ एभरेष्ट डे मनाईयो , सगरमाथा आरोही सम्मानित ।

वाई.बी.गुरुङ्ग, १० जून २०१९ — राजधानी लिस्वोनमा एक विशेष कार्यक्रमको आयोजना गरि सगरमाथा दिवस (भ्ख्भ्च्भ्क्त् म्ब्थ् ) मनाईयो ।
लिस्वोनका लागि नेपाली अवैतनिक वाणीज्यदूत मकर बहादुर हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त सगरमाथा दिवस कार्यक्रममा विशेष अतिथिका रुपमा पोर्चुगलका लागि नेपाली पर्यटनदूत तथा गैर आवासीय नेपाली संघ,पोर्चुगलका पूर्व अध्यक्ष, तथा आईसीसी सदस्य रमेश कुमार गुरुङ्ग, गैर आवासीय नेपाली संघ,पोर्चुगलका वर्तमान आईसीसी सदस्य द्धय पेम्वा शेर्पा एवंम नरेन्द्र बहादुर हमाल, गैर आवासीय नेपाली संघ, पोर्चुगलका अध्यक्ष कुवेर कार्कीलगायत पोर्चुगलको नेपाली डायस्पोरामा कृयाशिल विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको संयुक्त उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
२९ मे १९५३ मा पहिलो पटक न्युजिल्याण्डका सर एडमण्ड हिलारी तथा नेपालका तेन्जिङ्ग नोर्गे शेर्पाले पहिलो पटक विश्वको उच्च शिखर सगरमाथामा पहिलो पाईला टेकेका थिए । यि महान ब्यक्त्त्विहरुको सम्झनास्वरुप नेपाल सरकारले हरेक वर्षको २९ मे लाई सगरमाथा दिवसका रुपमा मनाउदै आएको छ जस्का लागि नेपाल सरकारले विश्वका विभिन्न मूलुकहरुमा भएको आफ््ना कुटनितिक नियोगमार्फत सो दिवस मनाउन बजेट विनियोजन समेत गर्दछ ।
समयको अनूकुलताका कारण पोर्चुगलमा हिजो ९ जून २०१९ मा सो दिवस मनाईएको थियो । सोहि कार्यक्रममा विभिन्न समयमा सगरमाथाको सफल आरोहण गर्न सफल हाल पोर्चुगलमा बसोबास गर्दै आएका कामा छिरी शेर्पा, टिकाराम गुरुङ्ग लगाएतका आरोहीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि लिस्वोनका लागि नेपाली अवैतनिक वाणीज्यदूत मकर बहादुर हमालद्धारा दीप प्रज्वलन गरि कार्यक्रमको उद््घाटन गरिएको सो कार्यक्रममा नेपालको राष्ट्रिय गीत मार्फत देस र मातृभूमीको सम्झना गरिएको थियो ।
कार्यक्रममा विभिन्न संघ,संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले सगरमाथा आरोही द्धय एडमण्ड हिलारी तथा तेन्जिङ्ग नोर्गे शेर्पाको बारेमा बोलेका थिए भने कार्यक्रममा विभिन्न कलाकारहरुले आफ््नो प्रस्तुति प्रर्दशन गरेका थिए ।
आदिवासी जनजाति महासंघ,पोर्चुगलका अध्यक्ष हेम गुरुङ्गको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम संस्थाका महासचिव सुवास पुन मगरले सञ्चालन गरेका थिए ।
फोटो – फोटो दृष्टि

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!