लिस्वोन, ९ जुलाई २०१८ — अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), पोर्चुगल तथा नेपाली नारी समाज। पोर्चुगलद्धारा संयुक्त रुपमा आयोजित २०४औँ भानु जयन्ती विशेष बाल कविता तथा चित्रकला प्रतियोगिता राजधानी लिस्वोनमा सम्पन्न भएको छ ।
पोर्चुगलको नेपाली डायस्पोरामा आयोजित उक्त बाल कविता तथा चित्रकला प्रतियोगिताको औपचारिक कार्यक्रम पोर्चुगलका लागि नेपाली पर्यटनदूत तथा अनेसास,पोर्चुगलका सल्लाहकार रमेश कुमार गुरुङ्गद्धारा द्धिप प्रज्वलन गरि उद््घाटन गरिएको थियो ।
अनेसास,पोर्चुगलका अध्यक्ष वाई बि गुरुङ्गको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गैर आवासीय नेपाली सँघ,पोर्चुगलका अध्यक्ष कुविर कार्की, आयोजक तथा नेपाली नारी समाज, पोर्चुगलकी अध्यक्ष तथा अनेसास,पोर्चुगलकी सल्लाहकार सीता बराल लगायतका बक्ताहरुले विशेष अतिथिको रुपमा मन्वय व्यक्त गर्नु भएको थियो ।
बाल कविता तथा चित्रकला प्रतियोगितामा करिव ३० भन्दा बढी बालबालीकाहरुले प्रत्यक्ष सहभागी भएका थिए । ५ वर्ष देखी १८ वर्ष सम्मका बालबालीकाहरुको क्षमता अभिबृद्धि तथा उनीहरु भित्र रहेको कला उजागर गर्ने उद्देश्य अनुरुप आयोजना गरिएको उक्त प्रतियोगिताबाट उत्कृष्ट ६ जना बालबालीकाहरुको कविता तथा चित्र प्रकाशोन्मूख अबस्थामा रहेको “ डायस्पोरा बाल पुस्तक”मा प्रकाशित गर्ने कुरा आयोजकले जानकारी दिएका छन्् ।
चित्रकला प्रतियोगितामा ५ वर्ष देखी १० वर्ष सम्मका र १० वर्ष देखी १८ वर्ष उमेर सम्म्का गरि दुई समुह गरेर प्रतियोगिता गराइएको थियो जस्मा पहिलो समुह अन्तर्गतबाट पहिलो,दोस्रो र तेस्रो क्रमशः सदिक्षा पौडेल, प्रशान्त पौडेल र निर्जल पौडेल थिए भने दोस्रो समुहबाट मानस्वी खराल, लिसन कोईराला र बर्षा पौडेल क्रमश पहिलो,दोस्रो र तेस्रो भएका थिए । भने कविता प्रतियोगितामा प्रगती सापकोटा (पहिलो), कृति काडेल (दोस्रो) र जस्टीना सुवेदी (तेस्रो) भएका थिए भने लाक्पा डोमा शेर्पाले सान्त्वना पुरस्कार जितेका थिए ।
यसरी विजेता सम्पूर्ण बालबालीकाहरुलाई प्रमुख अतिथि र विशेष अतिथिद्धारा प्रमाण—पत्र तथा पुरस्कार वितरण गरिएको थियो । उक्त प्रतियोगितामा प्रमुख निर्णायकको भूमिका निर्वाह गर्नुहुने ध्रुव घिमििरे,विजय गुरुङ्ग र सुनिल परियार त्रयलाई सम्मान स्वरुप प्रमाण—पत्र प्रदान गरिएको थियो ।
निक्कै सौहाद्रपूर्ण वातावरणमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली राष्ट्रिय गीत गाएर शुरु गरिएको कार्यक्रममा प्रतियोगितामा सहभागि बालबालीकहरुले आफ््नो कविता वाचन गरेका थिए भने अनेसासको १८औँ श्रृङ््खला रचना वाचन कार्यक्रममा दर्जन भन्दा श्रष्टाहरुले आ—आफ््नो रचना वाचन गरेका थिए ।
कार्यक्रम अनेसासका वरिष्ठ उपाध्यक्ष कृष्ण कँडेल “जिज्ञासु”ले सञ्चालन गरेका थिए भने कार्यक्रममा अनेसासका उपाध्यक्ष कमल प्रसाद सापकोटा तथा नेपाली नारी समाजकी उपाध्यक्ष निर्मला खरालले स्वगत मन्वय राखेका थिए ।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस