Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

प्रबाससमाचारहरुहेडलाइन

पोर्चुगलमा २६६३औँ बुद्ध जयन्ती मनाईयो ।

वाई.बी.गुरुङ्ग, १९ मे २०१९ — राजधानी लिस्वोनमा धर्म लामा गुरुहरुद्वारा  विधिवत पूजा गरि एक बृहत शान्ति ¥याली सहित २६६३औँ बुद्ध जयन्ती मनाईयो ।
लिस्वोनका लागि नेपाली अवैतनिक बाणीज्यदूतको कार्यालय तथा पर्यटनदूत रमेश कुमार गुरुङ्ग, चेम्वर अफ कमर्सका प्रतिनिधि शम्भु गौतम, गैर आवासीय नेपाली संघ, आदीवासी जनजाती महासंघ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाली नारी समाज, तमू समाज, तामाङ्ग समाज, शेर्पा एशोशियसन, मगर समाज, बाग्लुङ्ग समाज, तनहु समाज, विहुँकोट सहयोग नेटवर्क, म्याग्दी समाज (मोना), किारात याक्थुङ्ग चुम्लुङ्ग, महिला समाज, लगाएतका विभिन्न संघ संस्थाका ब्यानर, बुद्धका तस्विर सहित बुद्धका बिभिन्न बाणीहरु लिखित प्लेकार्ड सहित राजधानी लिस्वोनको प्रासा दि कर्मेसियोबाट शुरु गरिएको उक्त शोभा यात्रा मार्टेमुनिज पार्कमा गएर विसर्जन गरिएको थियो ।
हरेका वर्ष बुद्ध पूर्णीमाका दिन मनाईदै आएको बुद्ध जयन्तीकार्यक्रममा कार्यक्रम आयोजक तथा लिस्वोनका लागि नेपाली अवैतनिक बाणीज्यदूत मकर बहादुर हमाल, नेपाली पर्यटनदूत रमेश कुमार गुरुङ्ग,गैर आवासीय नेपाली संघ,पोर्चुगलका अध्यक्ष कुवेर कार्की र आदिवासी जनजाती महासंघ,पोर्चुगलका कार्यबाहक अध्यक्ष राजेद्र शेर्पाले कार्यक्रममा उत्साहजनक सहभागी जनाउने विभिन्न संघ संस्था लगाएत सम्पूर्ण नेपाली तथा विदेसीहरुलाई धन्यवाद दिएका थिए ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!