Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

खेलकुद

पोर्चुगल र अर्जेन्टिना विश्वकपबाट बाहिरिए

अर्जेन्टिना र पोर्चुगल रसियामा जारी विश्वकप फुटबल २०१८ काृ नकआउट चरणबाटै बाहिरिएका छन्।

अर्जेन्टिना फ्रान्ससँग ४–३ ले पराजित भएको हो, भने उरुग्वेसँग २–१ ले पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरियो।

फ्रान्सका एन्टोनी ग्रिजम्यानले खेलको १३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएकोमा अर्जेन्टिनाका डी मारियाले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

तर, दोस्रो हाफको सुरुमै अर्जेन्टिनाका ग्याब्रियल मेकार्डोले गोल गर्दै अग्रता लिएका थिए। तर, खेलको ५७ औँ मिनेटमा बेन्यामिन पाभार्डले गोल गरे भने केइलिन एमबाप्पेले ६४ र ६८ मिनेटमा गोल गर्दै खेललाई आफ्नो पक्षमा पारे। उनी खेलको म्यान अफ द म्याच बने। खेलको अन्तिममा अर्जेन्टिनाका लागि सर्जियो अग्युरोले तेस्रो गोल गरेका थिए।

खेलमा अर्जेन्टिनाको स्टार खेलाडी मेस्सीको कुनै जादु चल्न सकेन । अघिल्लो संस्करणको विश्वकपमा अर्जेन्टिना उपविजेता बनेको थियो ।

यसैगरी, शनिबार राति नै भएको खेलमा उरुग्वेका कभानीले २ गोल प्रहार गर्दै पोर्चुगललाई स्तब्ध बनाए। पोर्चुुगलका पेपेले सान्त्वना गोल फर्काएका थिए ।

खेलको ५५ औं मिनेटमा पोर्चुगलका खखेलाडी पेपेले बराबरी गोल फर्काएपनि कभानीले त्यसको ७ मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेलाई २–१ को अवस्थामा पुर्याए । त्यसपछि दुबैतर्फबाट कुनै गोल हुन नसकेपछि क्रिष्टियानो रोनाल्डोको कप्तानी रहेको पोर्चुगल नकआउट चरणबाटै घर फर्किन बाध्य भयो ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!