Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

मनोरन्जन

प्रकाश सपुत र शम्भु राईबीच सहमति

काठमाडौं । गायक प्रकाश सपुत र शुम्मुराईबीच ‘गलबन्दी’ गीतको विवाद टुंगिएको छ । प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा बुधबार भएको छलफलमा ४ बुँदे सहमतिपछि बिबाद टुंगिएको हो ।

यसअघि गायक राईले आफ्नो‘आउ नाचौँ साथी हो कम्मर कसेर’ बोलको गीतको लय प्रकाश सपूतले ‘गलबन्दी’ गीतमा हुबहु नक्कल गरेको भन्दै नेपाल प्रतिलिपी रजिष्ट्रारको कार्यालयमा मुद्दा हालेका थिए ।

बुधबार भएको सहमति अनुसार प्रकाश सपूतको ‘गलबन्दी’ गीतको वितरण र यूट्युब च्यानलमा गीत संगीत सिर्जना शम्भु राई र पुनः गीत संगीत सिर्जना प्रकाश सपूत लेखिनेछ ।
गलबन्दी गीतको संगीत सिर्जनामा शम्भु राईको नाम लेखिए पनि त्यसको सबै अधिकार भने प्रकाश सपूतमा रहने र आर्थिक आम्दानी पनि उनकै रहने सहमतिमा उल्लेख छ ।

यस्तै शम्भु राईले नेपाल प्रतिलिपी रजिष्ट्रारको कार्यालयमा हालेको मुद्दा पनि फिर्ता लिने सहमति भएको हो ।

यस्ताे छ सहमति:

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!