काठमाडौँ, २७ जेठ : नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ मा संघीय समाजवादी फाेरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर बनेकाे सरकार परिवर्तनको अहिले कुनै योजना नरहेकाे स्पष्ट पारेका छन्।

उनले प्रदेश २ मा ने क पा को समर्थन फिर्ता र केन्द्र सरकारमा फोरमको प्रवेशले प्रदेश २ मा सरकार ढल्ने वा नढल्नेसँग कुनै सराेकार नरहेकाे बताए। उनले भने,’ तत्काल प्रदेश २ काे सरकार परिवर्तन हुदैँन’

स्राेतका अनुसार प्रचण्डकाे याे अभिब्यक्तिले प्रदेश २ का मुख्मन्त्री सरकार परिवर्तन नहुनेमा केही हदसम्म ढुक्क भएका छन्।

यसअघि फाेरम सरकार सहभागी हुनु र प्रदेश २ मा ने क पा ले समर्थन फिर्ता लिदाँ प्रदेश २ काे सरकार परिवर्तन हुने चर्चा चलेका थियाे । जस कारण फाेरम दुर्इ गुटमा विभाजित भएकाे थियाे।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी सरकार गिराउने र बनाउने खेलमा छैनौँ।, अहिले देशलाई समृद्ध बनाउने तिर जुटेका छाै’

मुलुकले लामो समयपछि स्थिर सरकार पाएकाले सरकारको ध्यान विकास निर्माण र समृद्धि आर्जनमा केन्द्रीत रहेको उनको भनाइ थियो।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस