Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरुहेडलाइन

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने क्रममा नेविसंघका ४ कार्यकर्ता पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
कालो झण्डा देखाउने क्रममा नेविसंघका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डमा भएको विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई शनिबार बिहान स्वेदश फर्कने क्रममा कालो झण्डा देखाउने केन्द्रीय सदस्य सुशील भट्ट, विद्यार्थी नेता निरञ्जन थापा , सुवास घिमिरे र सुदीप अधिकारी पक्राउ परेका हुन् ।

डाभोस शहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेको थियो ।

यसअघि शनिबार साँझ नेविसंघले चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित भएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!