Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

खेलकुद

फिफा क्लब विश्वकपको उपाधि स्पेनिस क्लब रियल मड्रिडलाई

फिफा क्लब विश्वकपको उपाधि स्पेनिस क्लब रियल मड्रिडले हात पार्न सफल भएको छ ।

युएईको आबु धावीमा भएको खेलमा घरेलु टिम अल ऐनलाई ४–१ ले हराउँदै रियल लगातार तेस्रो पटक च्याम्पियन बन्न सफल भएको हो ।

रियलको यो चौथो क्लब विश्वकप उपाधि हो । १४ औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा रियल १–० ले अघि रहेको थियो ।

मर्कोस लोरेन्टेले २५ यार्ड टाढाबाट हानेको प्रहार गोलमा परिणत भएपछि रियलले खेलको ६०औं मिनेटमा रियलले अग्रता २–० मा लम्ब्याएको थियो ।

७८ औं मिनेटमा सर्जियो रामोसले लुका मोड्रिचको कर्न प्रहारलाई हेडमार्फत गोलमा परिणत गरेपछि रियलले उपाधि करिब करिव निश्चित बनायो ।

८६औं मिनेटमा शुकासा शिओटानीले अल ऐनका लागि गोल गर्दै रियलको अग्रता घटाउने प्रयास गरेपनि इन्ज्युरी समयमा याया नदेरले इन्ज्युरी समयमा आत्मघाती गोल गरेपछि रियल ४–१ ले विजयी भएको हो ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!