Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

खेलकुदसमाचारहरु

फिफा वरियतामा नेपाल एक सय ६५ औं स्थानमा

काठमाडौं । फिफा वरियतामा नेपाल चार स्थान तल झरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल चार स्थान तल झरेको हो ।

नेपाल यसअघि १ सय ६१ औं स्थानमा रहेको थियो । तर अहिले एक सय ६५ औं स्थानमा पुगेको छ ।
भारत दक्षिण एशियामा शीर्ष स्थानमा रहँदा माल्दिभ्स दोस्रो स्थानमा छ । भारत १ सय १ औं स्थानमा रहँदा माल्दिभ्स १ सय ५१ औं स्थानमा छ ।

बंगलादेश १ सय ८३ औं, भुटान १ सय ८६ औं, श्रीलंका २ सय १ र पाकिस्तान २ सय ३ औं स्थानमा रहेको छ ।

विश्व वरियतामा बेल्जीयम शीर्ष स्थानमा रहँदा विश्वकप विजेता फ्रान्स दोस्रो स्थानमा छ । बाज्रिल तेस्रो स्थानमा रहँदा इङ्ल्याण्ड चौथो ,पोर्चगल पाँचौं र विश्वकप उपविजेता क्रोयसिया छैठौं स्थानमा छ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!