जेठ २४– फिफा बरीयतामा नेपाल तिन स्थान माथि उक्लेको छ ।

रुस विश्वकप सुरु हुनु एक हप्ता अघि विहिबार निकालिएको फिफा वरीयतामा नेपालले तिन स्थान जोड्दै १ सय ६१औँ नम्बरमा आउन सफल भएको छ । यस्तै शिर्ष स्थानमा भने विश्व विजेता जर्मनी कायमै रहेको छ ।

बरीयताका दोस्रो नम्बरमा भने ब्राजिल रहेको छ । यस्तै तेस्रो स्थानमा बेल्वियम, चौथो स्थानमा पोर्चुगल र पाचौँ स्थानमा अर्जेन्टिना रहेको छ ।

दक्षिण एसियाली राष्ट्रहरुमा भने भारत शिर्ष स्थानमै कायम रहेको छ । भारत ९७औँ स्थानमा कायम छ भने ५ स्थान खस्कदै अफगानिस्तान १४५ औं स्थानमा पुगेको छ । माल्दिभ्स २ स्थान तल झर्दै १५० औं स्थानमा छ । त्यस्तै भुटान ९ अंक माथि उक्लँदै १८३ औं स्थानमा आएको छ भने ब‌ंगलादेशले ३ अंक जोड्दै १९४ औं स्थानमा आइपुगेको छ । श्रीलंका २०० औं स्थानमा यथावत छ भने पाकिस्तान २ अंक माथि उक्लेर २०१ औं स्थानमा आएपनि सार्कमुलुमा अन्तिम स्थानमा रहेको छ ।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस