काठमाडौं,फिल्म ‘साइँली’को फस्ट लुक सार्वजनिक भएको छ । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको यो फिल्मले फष्ट लुकसँगै रिलिज मिति पनि सार्वजनिक गरेको छ ।

गत वर्ष रिलिज भएको हिट गीत ‘सुन साइँली’को नाम सापटी लिँदै निर्माण गरिएको यो फिल्म आगामी चैत १५ गतेबाट दर्शकमाझ रिलिज गरिने निर्माण पक्षले जानकारी गराएका छन् ।

सार्वजनिक गरिएको फिल्मको पोस्टरमा अभिनेत्री मेनुका प्रधान फिचर छन् । त्यस्तै अर्को पोस्टरमा मेनुकाको साथमा अभिनेता दयाहाङ राई, गौरव पहारी र केनिपा सिंह फिचर्ड छन् ।

जिएच इन्टरटेन्मेन्टको ब्यानरबाट निर्माण भएको यो फिल्मलाई ‘सुन साइँली’का गायक हेमन्त राना र नायक गौरव पहारीले मिलेर निर्माण गरेका हुन् ।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस