नेपाली फिल्मका सुपरस्टार अनमोल केसीले आफ्नो बलिउड यात्रा आरम्भ गरेका छन् । अचेल आफू अभिनीत छैठौँ फिल्म ‘क्याप्टेन’ को छायांकनमा व्यस्त उनले हालैमा भारतको सुप्रशिद्ध म्यूजिक कम्पनी ‘वल्डवाईड रिकाड्र्स प्रा.ली’ ले निर्माण गर्न लागेको एक हिन्दी फिल्म साइन गरेका छन् ।

भारतको ‘हमारा महानगर’ पत्रिकाले ‘नेपाली सुपरस्टार अनमोल केसीको बलिउडमा ईन्ट्री’ शिर्षकमा एक समाचार प्रकाशन गरेको छ । नाम तय नभएको उक्त फिल्म भारत र नेपालबाहेक ७४ देशमा प्रदर्शन हुने समाचारमा उल्लेख छ । यो पत्रिकाको समाचार अनमोलले आफ्नो आधिकारिक फेसबुकमा पनि शेयर गरेका छन् ।

Photo: Filmy Khabar

‘वल्डवाईड रिकाड्र्स’ ले अहिलेसम्म म्यूजिक मात्र रिलिज गर्दै आएको थियो । अनमोललाई लिएर यो कम्पनीले पहिलो पटक फिल्म निर्माण गर्न लागेको हो । खबरअनुसार, उक्त फिल्मलाई भुवन केसीले निर्देशन गर्नेछन् । यसअघि उनले ‘ड्रिम्स’ नामक फिल्मको निर्देशन सम्हालेका थिए ।

यस अनटाइटल हिन्दी प्रोजेक्टका लागि अनमोलले महँगो पारिश्रमिक बुझेको चर्चा छ । ‘वल्डवाईड रिकाड्र्स’ का वनर रत्नाकर कुमारले भनेका छन्, ‘अब हामी नेपाली कलाकारसँग पनि काम गर्दैछौँ । नयाँ प्रोजेक्टलाई लिएर म निकै उत्साहित छु ।’

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस