१० जून २०१८ —नेपालको बहुचर्चित म्युजिक व्याण्ड “मङ्गोलियन हर्ट”का मुख्य गायक राजु लामा आगामी अगस्ट ५ तारिक २०१८ मा पोर्चुगल आउने कार्यक्रम रहेको छ ।

तामाङ्ग समाज पोर्चुगलले आयोजना गरेको बृहत साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न गायक लामा पोर्चुगल आउने भएका हुन ।
दुई दशक अगाडी निक्कै चर्चा बटुलेको म्यूजिक ब्याण्ड मङ्गोलियन हर्ट र गायक राजु लामाले हजारौ गीतमा आफ््नो स्वर दिएका छन । पछिल्लो समय अमेरिकालाई कार्यक्षेत्र बनाउदै आएका गायक लामा अमेरिका भासियो भनेर उनका फ््यानहरुले निक्कै दुख पोखे पश्चात उनले
“हल्ला चलेछ राजै चर्चा चलेछ, बिदेसै मा बसेछ भनेर ््”…………भन्ने गित मार्फत स्रोता तथा दर्शकहरुलाई सान्त्वना दिएका थिए जून गीत निक्कै चर्चित पनि भयो तर उनि अझै अमेरिका भने छोडेका छैनन्् । गायक लामा परिवार संगै हाल अमेरिका बस्दै आएका छन्् ।

पोर्चुगलको नेपाली डायस्पोरामा रहेका गायक लामाका फ््यानहरु उनको पोर्चुगल आउने खबरले निक्कै खुशी भएका छन भने आयोजक तामाङ्ग समाज पोर्चुगलले उनको कार्यक्रमका लागि राजधानी लिस्वोन स्थित “मेर्काडो दि रिबेइरा” काईस दो सोद्रेको महँगो हल बुक गरिसकेको छ । कार्यक्रममा सात सय भन्दा बढी अडियन्सहरु उपस्थित हुने विश्वास राखेको तामाङ्ग समाजकी अध्यक्ष तथा कार्यक्रम मूल आयोजक समितिकी सँयोजक सुनिता तामाङ्गले बताउनु भएको छ ।

उक्त कार्यक्रमको प्रचार प्रसारका लागि पोर्चुगलमा सकृय रहेका विभिन्न अनलाईन पोर्टलहरु मिडीया पार्टनरका रुपमा रहेका छन भने टिकट तथा पोष्टर सार्वजनिक भै सकेको छ । कार्यक्रम भव्य र व्यवसिथत बनाउन अग्रिम टिकट लिनेहरुका लागि १५ यूरो तोकिएको छ भने सोही दिन कार्यक्रम स्थलमा टिकट लिनेहरुका लागि २० यूरो तोकिएको छ ।

पोर्चुगलको नेपाली डायस्पोरामा सकृय विभिन्न सँघ सस्था, मिडीयाकर्मी, लगायत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई उक्त साँस्कृतिक कार्यक्रम सफल पार्न आ—आफ््नो क्षेत्रबाट प्रत्यक्ष वा अप्रत्यक्ष सहायोग गर्नका लागि मुख्य आयोजक तामाङ्ग समाज, पोर्चुगलले अनुरोध समेत गरेको छ ।

फोटो स्रोत : तामाङ्ग समाज पोर्चुगल

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस