Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

प्रबाससमाचारहरुहेडलाइन

बाग्लुङ समाज पोर्तुगलले पहिलो पटक पञ्चे बाजासहित समर बार्बिक्यू पार्टी आयोजना गर्दै । दीपकराज भण्डारी

१२ मे, लिस्बन  २०१९-
बाग्लुङ समाज पोर्तुगलले आफ्नो पहिलो कार्यक्रम अन्तर्गत ग्रिश्मकालिन पार्टी तथा भेटघाट कार्यक्रमको आयोजना गर्ने भएको छ । पुनर्गठित बाग्लुङ समाजले पोर्तुगलमा छरिएर बसेका बाग्लुङेहरुलाई एकीकृत  गर्दै भेट्घाट मार्फत आपसी चिनजान   सामाजिक सदभाव, अन्तर्कृया र एकताको भावना अभिब्रिद्धी गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागेको हो ।
यहि  मे २६ तारिख २०१९ आईतवारको दिन लिस्बन अबस्थित बेलाबेस्ता पार्कमा सम्पन्न हुने उक्त  कार्यक्रममा बार्बिक्यु पार्टी, पञ्चे बाजा, लोकदोहोरी लगायतको साङीतिक कार्यकम पनि समाबेश हुने समाजले बताएको छ भने बेजियम निवासी पुराना चर्चित गायक दुर्गा काजी शाक्यले उक्त कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको कुरा समाजका अध्यक्ष प्रेम बहादुर खड्काले जानकारी दिएका छन् ।  सो कार्यक्रममा अनुमानित ५०० जती बाग्लुङेहरु को जमघट हुने विश्वाश समाजले गरेको छ ।

बाग्लुङ समाजको पुनर्गठन पस्चात अध्यक्ष प्रेम खड्काको अध्यक्षतामा आईतवार बसेको पहिलो कार्यसमितीले यस समर पार्टीको आयोजना सँगै कार्यसमिती बिस्तार र साङठनिक भावी रणनिती लगायतका एजेन्डाहरु बोकेर बैठक सम्पन्न गरेको थियो ।

सो बैठक ले पोर्तुगलमा रहेका अग्रज, बरीस्ठ ब्यक्तित्व तथा समाजसेवीहरुलाई   सरक्षक र सल्लाह्कारमा  निम्नानुसार चयन् गर्दै बिस्तार गरेको छ ।
मकर बहादुर हमाल (सरक्षक ), पूर्णबहादुर हमाल (बरिश्ठ सल्लाह्कार), नरेन्द्रबहादुर हमाल (सल्लाह्कार), सुर्य हमाल (सल्लाह्कार), लक्ष्मी साप्कोटा (सल्लाहकार), भिमकमल केसी (सल्लाह्कार), योगेन्द्रमिलन छन्त्याल (सल्लाह्कार), कुबिर मल्ल (सल्लाहकार), यामबहादुर गुरुङ वाइबी (सल्लाहकार), राधिका सापकोटा (सल्लाह्कार), प्रभात पौडेल (सल्लाह्कार), हुतराज पुन मगर (सल्लाहकार), तिलक गैरे (सल्लाहकार), गोबिन्द सापकोटा (सल्लाह्कार), बिपिन खड्का (सल्लाह्कार), दीपेन्द्र आचार्य (सल्लाह्कार), यमेन्द्र घर्ती मगर, (सल्लाह्कार), पूर्ण बहादुर बिक (सल्लाह्कार),शशी चालिसे (सल्लाह्कार), गोमनाथ सुबेदी (सल्लाह्कार), बमबहादुर जिसी (सल्लाह्कार) एकेन्द्र हमाल (सल्लाह्कार), हरी खड्का (सल्लाहकार)
यसै गरी कार्यसमिती मा बिभिन्न भेगलाई समेट्ने गरी निम्नानुसार मनोनित गरिएको छ ।
हरी मगर (उपाध्यक्ष), केहरसिङ छन्त्याल (उपाध्यक्ष), मिलन घर्ती मगर (सदस्य), मनोहरी सापकोटा (सदस्य), रिता खड्का (सदस्य), रन्जिता जिसी (सदस्य), कमल पुन मगर (सदस्य) रामु केसी (सदस्य) सुमन अखेली (सदस्य ), देव छन्त्याल (सदस्य), तारा रेग्मी (सदस्य), केपी शर्मा (सदस्य), कृष्ण शर्मा (सदस्य), रमेश बुढा (सदस्य) र   झकास भण्डारी ( सदस्य) रहेने गरि मनोनित गरिएको छ ।
यस् समाजको कार्य सम्पादन गर्न को लागि बैठक ले गठन गरेको बिभागहरु निम्नानुसार रहेको छ ।
सास्कृतिक  बिभाग
किरणदिप परियार (सन्योजक)
दिनेश खड्का (सदस्य)
दिपक बुढाथोकी (सदस्य)
शिव अखेली (सदस्य)
आशिस बिसी (सदस्य)
जितबहादुर थापा (सदस्य)
आर्थिक बिभाग को लागि अध्यक्ष प्रेम खड्का, महासचिव बिक्रम गौतम र कोषाध्यक्ष गंगाराम कंडेल को संयुक्त समिती गठन गरिएको छ ।

खेल्कुद बिभाग
हरीकुमार पुन मगर (सन्योजक)
खगेन्द्र श्रेष्ठ (सहसन्योजक)
प्रमिल काउचा ( सदस्य)
उमेश गुरुङ (सदस्य)
फुलकुमारी गुरुङ (सदस्य)

यस् समाजको प्रचार प्रसार समिती सदस्य मा दीपकराज भण्डारी र फुर्बान रायमाझी रहेका छन ।

समाजको बैठकमा बाग्लुङ समाज पोर्तुगलको वार्षिक कार्ययोजना बनाउने जसमा शिक्षा,स्वास्थ्य र रोजगारीका क्षेत्रमा दिर्घकालिन योजना बनाउने र ति योजनाहरुलाई पुरा गर्न आर्थिक सन्कलन गर्ने , पोर्चुगलमा आउने नया तथा पुराना सदस्यहौर्लाई फिनान्स दर्ता प्रकृयामा सहयोग गर्ने, रोजगार, आवास, भाषा कक्षा एबम सिपमुलक तालिम सन्चालन गर्ने र पोर्तुगलमा रहनु भएको बाग्लुङेहरुको तथ्यान्क सन्कलन गर्ने लगायतका कार्यक्रमहरु समेटिएको थियो ।

समाजको बैठकले सचिवालय समिती भने अर्को बैठकमा निर्माण गर्ने निर्णय गरेको छ भने आर्थिक सन्कलनको लागि रसिद बनाउने, समाजको लोगो, लेटर प्याड, स्ट्याम्प, सहयोग रसिद बनाउने जिम्मा अध्यक्ष प्रेम खड्काले लिनु भएको छ ।
समाजको बिधान निर्माण गर्नको लागि वाइबी गुरुङको सन्योजकत्व र बिक्रम गौतम एबम मनोहरी सापकोटाको सदस्यतामा बिधान निर्माण समिती गठन गरिएको छ ।
बैठकमा समाजलाई सुगठित, बलियो र प्रभावकारी बनाउनको लागि बैठकमा उपस्थित बिभिन्न ब्यक्तीहरुबाट आफ्नो धारणा र सुझावहरु प्रस्तुत गरिएको थियो ।
सुझाव र धारणा प्रस्तुत गर्ने क्रममा समाजका सल्लाहकार एमेन्द्र कुमार घर्तीले यस समाजले विश्व माझ चिनारी देखाउन पर्ने, नेपालमुखी हुनु भन्दा पहिला पोर्तुगल भित्रका बाग्लुङेहरु को समस्या र आवश्यकताहरुमा बिशेष जोड दिन दिन पर्ने धारणा राख्नु भयो । उहाले सबै भन्दा पहिला पोर्तुगलभित्र रहेका जुनसुकै भेग, जात र सन्स्क्रितीमा बिभाजित बाग्लुङे बिच बलियो भावनात्मक एकता को बिकास गर्नु पर्ने र उनीहरुले भोग्न पर्ने समस्या र सवालहरुको प्राथमिकीकरण गर्न पर्नेमा जोड दिनु भएको थियो ।
बाग्लुङ समाजलाई रणनितिक र कार्यसम्पादन चुस्तताको लागि सबै साथीहरुको भावना, साथ र प्रबिधीको प्रयोग गर्दै अगाडि बढ्ने बिचार  समाजका महासचिव बिक्रम गौतमले ब्यक्त गर्नु भएको थियो ।
समाजका अध्यक्ष प्रेम खड्काले सबै भेग, क्षेत्र, जाती र सिप अनी क्षमता भएका साथीहरुको साथ पाएमा समाजलाई प्रगतीको सिखरमा लैजान गाह्रो नहुने बिचार  ब्यक्त गर्नु भएको थियो ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!