नेदरल्यान्डस गतिबिधी

बिजय दशमी को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना तथा हार्दिक निमंत्रना !!!

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेदरल्यान्ड्स मा रहनु हुने आम बुबा, दिदि बहिनि, दाजु भाई तथा प्रिय मित्रहरु लगायत सम्पूर्ण परिवार जनहरु नमस्कार, सर्ब प्रथम त गैर आबासीय नेपाली संघ नेदरल्यान्ड्स यहाँहरु प्रति आउदै गरेको नेपालीहरुको महान चाड बडा दशैं को उपलक्ष्यमा सुस्वास्थ्य तथा दिर्घायुको कामना सहित हार्दिक मंगलमय शुभकामना प्रदान गर्दछ। यसै उपलक्ष्यमा गैर आबासीय नेपाली संघ नेदरल्यान्ड्स ले सामुहिक रुपमा विजय दशमी तथा शुभ दिपावली को शुभकामना आदान प्रदान लगायत गैर आबासीय नेपाली संघ नेदरल्यान्ड्स को बार्षिक साधारण सभाका साथ साथै सास्कृतिक कार्यक्रम गर्न गई रहेको कुरा हजुरहरुमा जानकारी गराउन चाहन्छौ। यहि अक्टोबर २९ सोमबार उक्त कार्यक्रम रहेको हुदा हामी यहाँ हरुसमक्ष उपस्थिति जनाई बिजय दशमी तथा शुभ दिपावली को शुभकामना आदान प्रदान गर्नुका साथै गैर आबासीय नेपाली संघ नेदरल्यान्ड्स ले यो आर्थिक बर्षमा गरेका काम कारबाही को बारेमा जानकारी लिनु का साथै भविष्यमा गर्नु पर्ने काम कारबाहीको बारेमा सुझाब दीइ सहयोग गरि दिनु हुन अनुरोध गर्दै यहाँहरुलाई हार्दिक निमंत्रना गर्दछौ।

ठाकुर प्रसाद शर्मा (मनोहरि)                                                                       जितेन्द्र कुमार श्रेष्ठ

   अध्यक्ष                                                                                                      महासचिब

गैर आबासीय नेपाली संघ, नेदरल्यान्ड्स                                             गैर आबासीय नेपाली संघ, नेदरल्यान्ड्स

नोट– कार्यक्रम स्थल: 

T.T. Vasumweg 20 (1.74 mi)

Amsterdam, Netherlands 1033 SC

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!