Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरुहेडलाइन

बौद्ध-जोरपाटी सडक कालोपत्रे गर्न ठेकेदार कम्पनी सहमत

सडक कालोपत्रेको माग राख्दै आन्दोलनरत बौद्ध जोरपाटीका स्थानीय र सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीबीच सम्झौता भएको छ ।

निर्माणको जिम्मा लिएको युनाइटेड विल्डर्सका प्रमुख शकुन्तला लाल हिराचन र आन्दोलनरत पक्षबीच सम्झौता भएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिपेन्द्र लामा, बौद्ध व्यापार संघका अध्यक्ष दिपकप्रसाद चौलागाई, स्थानीय बासिन्दा तथा व्यापारी र टुसाल युवा क्लवका प्रतिनिधिहरुले ठेकदार कम्पनीसँग सम्झौता गरेका हुन् ।

दुबै पक्षबीच टुसालदेखि बौद्ध गेटसम्मको बाटो आगामी आइतबारदेखि कालोपत्रे गर्न सुरु गरिने भएको छ ।

सम्झौता अनुसार ठेकेदार कम्पनीले बिहीबारबाटै कालोपत्रे गर्नुपूर्ब गरिने काम गर्नका लागि रोलर लगाउने, सबबेस, बेस सम्बन्धि कामहरु सुरु गर्ने छ ।

यस्तै शुक्रबारबाट बौद्ध जोरपाटीसम्मको बाटोमा कालोपत्रे गर्नुपूर्ब गरिने सबबेस, बेस, साइट ड्रेन निर्माण सुरु गर्ने सहमति भएको छ ।

ठेकेदार कम्पनीले सडक निर्माणका क्रममा बिग्रेका धारा, ढल, साइट ड्रेन लगायतका संरचनाहरु मर्मत सम्भार गर्ने लगायत सहमति भएको जनाइएको छ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!