शनिबार राति सम्पन्न खेलमा पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ गोल अन्तरले पराजित गर्दै बेल्जियमले सेमिफाइनल यात्रा तय गरेको हो।

रुसको काजान एरिनामा भएका क्वार्टरफाइनलमा पहिलो हाफमा गरेको २ गोलले बेल्जियमलाई विजयी बनायो । यद्यपि बेल्जियन गोलरक्षक थियागो कोट्वाको प्रदर्शन पनि आजको खेलमा शानदार थियो । ब्राजिललाई पराजित गर्दै बेल्जियमले ३२ वर्षपछि सेमिफाइनलको यात्रा तय गरेको हो।

बेल्जियमका केभिन ब्रुएनीले ३१औँ मिनेटमा गोल गर्दै उसको अग्रतालाई दोब्बर पारेका थिए। पहिलो गोल भने बेल्जियमलाई उपहार मिलेको थियो। ब्राजिलका फर्नान्डिनोले आत्माघती गोल गरेर बेल्जियमलाई अग्रता दिलाएका थिए।

बेल्जियमले पाएको कर्नर बचाउन खोज्दा फर्नान्डिन्होले बललाई आफ्नै पोष्टमा पुर्‍याएका थिए। खेलको १३औँ मिनेटमा उनले आत्मघाती गोल गरेका थिए। केभिन म्यान अफ दी म्याच पनि घोषित भए।

foto fifa

ब्राजिलका लागि रेनाटो अगुस्टोले खेलको ७६औँ मिनेटमा एक गोल फर्काएपनि पर्याप्त भएन। राम्रो खेलेर पनि आफूले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा ब्राजिल क्वार्टरफाइनलबाटै घर फर्किन बाध्य भयो ।

foto fifa
foto fifa

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस