Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

अन्तरराष्ट्रिय

भारतले चन्द्रमामा पठायो चन्द्रयान–२ यान

एजेन्सी । भारतले अन्तरिक्ष अनुसन्धान संगठन (इस्रो) को महत्वाकांक्षी यान चन्द्रयान–२ चन्द्रमामा पठाएको छ ।
भारतीय समयअनुसार दिउँसो २ः४३ बजे श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट चन्द्रयान–२ प्रक्षेपण गरिएको हो ।


चन्द्रयान–२ को सफल प्रक्षेपणले भारत चन्द्रमामा अन्तरिक्ष यान पठाउने चौथो देश बन्नेछ । इस्रोको स्रोतका अनुसार चन्द्रमामा पठाइएको चन्द्रयानको लागत नौ सय ७८ करोड रहेको छ । चन्द्रयानको प्रक्षेपणसँगै भारत पनि अन्तरिक्षसम्बन्धी अध्ययनमा शक्तिशाली देश हुने इस्रोले उल्लेख गरेका छ ।

चन्द्रमामा पठाइएको यानले चन्द्रमाको थप अनुसन्धान गर्ने बताइएको छ । चन्द्रमामा रहेको पानी, खनिज, र चट्टानको अवस्थितिका बारेमा अनुसन्धान गर्न भारतले यान पठाएको हो ।

एक हप्ताअघि प्रक्षेपणको लागि तय गरिएको यानमा प्राविधिक समस्या देखिएपछि स्थगित गरिएको थियो ।
इसरोले १५० मिलियन अमेरिकी डलर खर्चेर तयारी गरेको अभियान अन्तर्गतको चन्द्रयान–२ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुने जनाइएको छ । सो क्षेत्रमा अहिलेसम्म कुनै पनि देशका यान पुगेका छैनन् ।

चन्द्रयान–१ को सफलता पछि इसरोले चन्द्रयान–२ मा काम गर्न थालेको थियो । चन्द्रयान–२ भारतीय अन्तरिक्ष कार्यक्रमका लागि निकै महत्वपूर्ण मानिएको छ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!