Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

खेलकुदहेडलाइन

भारतलाइ दुई एकले हराउदै, न्यूजिल्याण्डले सिरिज जित्याे

भारत विरुद्धको तीन खेलकाे श्रृखंला न्युजिल्याण्डले दुई एकले जितेको छ । तेस्रो तथा अन्तिम टी–२० खेलमा न्यूजिल्याण्ड रनले चार रनले विजयी भयाे ।

ह्यामिल्टनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले २० ओभरमा चार विकेट गुमाउँदै दुई सय १२ रन बनायो । उसका लागि कोलीन मुर्नोले ७२ रन बनाए भने टीम सेइफर्टले ४३ तथा ग्राण्डहोमीले ३० रन बनाए । यस्तै कप्तान केन विलियम्सनले २७ र रोस टेलले १४ रनको योगदान गरे । बलिङमा भारतका कुलदिप यादवले दुई विकेट लिए ।

जवाफमा भारत २० ओभरमा ६ विकेट गुमाउँदा दुई सय आठ रनमा रोकियो । अन्तिम ओभरमा भारतलाई जितकालागि १६ रन चाहिएको थियो । तर बनाउन सकेन । ६ रनमा पहिलो विकेट गुमाएको भारतले ८१ रन बनाउदा दुई विकेट खेर फालेको थियो । त्यसपछि एकसय ४५ रन बनाउदा उसको ६ विकेट खेर गयो ।

भारतका लागि कप्तान रोहित शर्माले ३८, विजय शंकरले ४३ तथा रिशव पन्तले २८ रन बनाए । यस्तै हार्दिक पाण्ड्याले २१ रनको योगदान गरे । यस्तै दिनेश कार्तीकले अविजीत ३३ तथा क्रुनाल पाण्डेले २६ रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन् ।

तल प्रतिकृया दिनुहोस