Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरु

भेरी बवई आयोजनाको आज ‘ब्रेक थ्रु’गरिँदै

प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय गौरवको भेरी बवई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मंगबलार(आज) ‘ब्रेक थ्रु’ गर्दैछन् ।

आयोजनाको प्रवेशद्वार भेरीगंगा नगरपालिका ११ को चिप्लेमा ‘ब्रेक थ्रु’ कार्यक्रम राखिएको छ ।
प्रधानमन्त्री ओलीले बटन थिचेर टनेल बोरिङ मेसिन ‘टीबीएम’लाई सुरुङबाहिर निकाल्ने कार्यक्रम छ । चिनियाँ कम्पनी कोभेकले सम्झौतामा उल्लेखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माणको काम सम्पन्न गरेको हो ।

आयोजनाका लागि बबई नदीको किनार हात्तीखालबाट १२ किलोमिटर लामो सुरुङ निर्माण गरिएको हो । आयोजनावाट प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानीलाई सुरुङमार्फत बवई नदीमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

त्यस्तै आयोजनाबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर क्षेत्रफल जमीनमा सिंचाइ सुविधा पु¥याउने उद्देश्यपनि राखिएको छ । सुरुङ खन्ने बाहेकका काम भने हुन बाँकी नै छ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!