Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

प्रबाससमाचारहरुहेडलाइन

भ्रमात्मक समाचार र कमेन्टहरुले म्याड्रिडवासी नेपाली समुदाय त्रसित

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस प्रभावित देशहरु मध्य स्पेन तेस्रो स्थानमा रहेको छ ।अन्य प्रान्तहरुमा भन्दा राजधानी म्याड्रिडमा सङ्क्रमितहरु बढि मात्रा रहेको छ ।
स्पेनको केन्द्रबिन्दु म्याड्रिडमा नेपाली समुदायको बाक्लो बसोवास रहेको छ ,करिब ७०० को हाराहारीमा नेपालीहरु विगत १५/२० वर्षदेखि म्याड्रिडमा बस्दै आएका छन् ।कोभिड-१९ को महामारीको रोकथाम स्वरुप स्पेन सरकारले  मार्च १४ बाट लकडाउन (estado de alarma) गरेको छ र हालसम्म पनि निरन्तर रहेको छ ।लकडाउनको पालना नगरि सरकारको आदेश विपरित आवातजावत् गर्ने थुप्रैलाई प्रहरीले फाइन (Multa) तिराउनुको साथै जेल चलान पनि गरेको थियो ।
यसै क्रममा एक जना नेपाली व्यक्तिलाई पनि प्रहरीले लकडाउनको पालना नगरेको भन्दै समातेको थियो ।नमस्ते होल्यान्डसँगको कुराकानीमा गैरआवासीय नेपाली संघ,म्याड्रिडका एक पदाधिकारी भन्छन्,” अप्रिल १८ तारिक उहांलाई(पेपेर भएको व्यक्ति) प्रहरीले समाएको थियो र साधारण सोधपुछ पछि  उहांले ६०० युरो को  फाइन (Multa) तिर्नुपर्यो।उहांसंग कुराकानी गर्दा  प्रहरीले केवल उहांको NIE / कुनै आई डि कार्ड माग्नुभएको थियो र लकडाउनको विषयमा सरल र सभ्य रुपमा सम्झाएर नियम अनुरु‌प फाईन लगाई छोडिदिएका थिए ।उहांसंगै समातिएका अन्य पेपेर नभएका व्यक्तिलाई प्रहरीले साधारण सोधपुछ पछि छोडिदिएको थियो ।हामीले सम्पर्क गर्दा ,प्रहरीहरुले अब फेरि यस्तो गरेको पाइएमा फाईन तिर्न लगाउंछौं तर पेपेर रद्द गर्छौं भन्नै  विषयमा केहि पनि नभन्नुभएको जानकारी गराउनु भएको थियो । हामीले प्रहरीसंग पनि यस विषयमा सोधपुछ गरेका थियौं,यसै क्रममा प्रहरीका एक हाकिम ( jefe de policia nacional) भन्छन्,” हामीले सरकारको नियम विपरित हिड्ने जो कोहिलाई पनि समातिरहेक छौं ‌।हामीले निजको अवस्था हेरि सुझाव तथा फाईन लगाउंछौं र जटिल स्थितिमा जेल पनि चलान गर्छौं। तर हामीलाई कसैको पेपेर रद्द गर्ने अधिकार छैन् तर अप्रवासीको हकमा पेपेर नभएकाहरुलाई ,फाईन नतिरेको खण्डमा पेपेर प्रोसेसमा समस्या हुनेछ ।पेपेर रद्द गर्न वकिल को प्रयोग गरि कानुनी रुपमा जानुपर्दछ तर अहिले सम्म यस्तो अवस्था आएको छैन‌।स्पेन प्रहरीले सबैलाई समान‌ व्यवहार गर्दछ ।” उहांको यस भनाईले हामी ढुक्क भएका थियौं ।तर विभिन्न समाचार माध्यमले त्रासपूर्ण हेड लाईन प्रयोग गरि यस जटिल समयमा झन् म्याड्रिडवासी बिच त्रास र भय सिर्जना गरेको छ ।यसले म्याड्रिडमा मात्र नभई नेपालमा रहनुहुने हाम्रा आफन्तमा पनि भय उत्पन्न गराएको छ ।साथै सामाजिक सन्जालहरुमा बुद्धिजीवि व्यक्तिहरुको भयपूर्ण कमेन्टहरुले नेपालीहरुको होस उडेको छ ।तसर्थ यदि हामीले सरकारको नियम अनुरुप गरेमा यस्ता समस्या केहि भोग्नुपर्दैन ‌,घरमै बसौं,सुरक्षित रहौं ।कहि कतै समस्या भएमा गैर आवासीय नेपाली संघ,म्याड्रिड सदैव हाजिर रहनेछ ।”
अवैधानिक रुपमा बस्दै आएका हर्के (नाम परिवर्तन ) भन्छन्,”जब मैले त्यस्तो खबर सुने मेरो त होस नै उड्यो र तुरुन्तै गैर आवासीय नेपाली संघ,म्याड्रिडलाई सम्पर्क गरें र उहांहरुले मलाई पूर्ण जानकारी दिनुभयो र बल्ल मलाई आत्मबल पलाएको जस्तो भयो। म विनम्र अनुरोध गर्दछु कि कृपया आफ्नो न्युज च्यानललाई हाईलाईट गर्न यस्ता गम्भिर विषयमा समाचार प्रकाशन गर्दा ध्यान दिनुहोला।हिजो‌ मात्र आमाले रुदै मलाई ४/५ पटक फोन गरि सक्नुभयो ,कतै मलाई केहि भयो कि भनेर ।म नेपालमा हर- कोहिलाई जवाफ दिंदा दिदै थाकि सकें ।”

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!