माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। यस दिन नेपालमा सार्वजनिक विदा दिइन्छ।

ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि(साउने संक्रान्ति) र मकर राशि(माघे संक्रान्ति)प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण । यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ तापनि आज भोली पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु हुन्छ ।

माघे/मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ।

यसरी नेदर्ल्याण्डसमा पनि मगर समाज नेदर्ल्याण्डस ले प्रतेक बर्ष माघे संक्रान्ती लाई धुम धाम सँग मनाउदै आईरहेको  छ। यो बर्ष पनि जनवरी २१ सोमबार को दिन मनाउने जानकारी बर्तमान अध्यक्ष श्री टिका पुन मिडिया लाई बताउनु हुन्छ। मगर समुदायको भेष, भुषा, भाषा संस्कृतिलाई संवर्धन  तथा जगेर्णा गर्ने उद्धेश्यले माघे संक्रान्ति मनाउन लागिएको कुरा उहाँ अघी थप्नु हुन्छ। । बिगत का बर्ष झै यो बर्ष पनि कार्यक्रम लाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न को निमित्त नेपाल बाट द्वय  ख्याती प्राप्त लोक गायक बिलन थापा मगर र गायिका जुना श्रीस मगर आउने जानकारी मिडिया लाई दीईएको छ।  साथमा स्थानिय कलाकार हरु को बेजोड प्रस्तुती त छँदैछ। टिकेट को फी भने युरो १५ राखिएको छ र तीन बजे देखी हल खुल्ला हुने र बार्ह बजे बन्द हुने जानकारी पनि दिईएको छ। कार्यक्रम को स्थान  भने अहिले सम्मा पक्का नभएको हुँदा सम्पूर्ण नयाँ अप्डेट को लागि मगर समाज नेदर्ल्यान्डस को फेस्बूक पेज हेर्दै गर्नु होला भन्नु हुन्छ बर्तमान महा सचिब जय पुन मगर ।