प्रबास

महाबाणिज्यदूत प्रेमराजा महतले कान्छी छोरीको जन्म दिनमा महाबीर पुनलाई प्रति महिना १० हजार रुपैया दिने घोषणा

विजय थापा ,वाशिंगटन डीसी । मेरिल्याण्ड तथा पेनसेल्भेनिया राज्यका लागि नेपाल सरकारका महाबाणिज्यदुत तथा वरिष्ठ लोक गायक प्रेम राजा महतले सामाजिक अभियन्ता महाबीर पुनलाई हरेक महिना १० हजार नेपाली रुपैया दिने घोषणा गर्नु भएको छ । वहाले उक्त घोषणा अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर बाट गर्नु भएको हो ।
महतले आफ्नी कान्छी सुपुत्री सदीक्षा महत भण्डारी को जन्म दिनको सुखद उपलक्ष्यमा पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रति महिना दश हजार दिने घोषणा गर्नु भएको हो । कान्छी सुपुत्रीको जन्म दिन जनवरी १२ तारिख अर्थात् पौष २८ गते पर्दछ । 
साथै पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसको सेरोफेरोमा दश हजार रुपैया निरन्तर दिने घोषणाको साथै देश बिदेशमा छरिएर बिभिन्न किसिमका व्यवसाय उद्योग गरेर बस्नु हुने सम्पूर्ण राष्ट्रप्रेमी र देशभक्त नेपालीलाई प्रति महिना १० हजार नेरु प्रदान गर्न आव्हान गर्नु भएको छ । 
महाबाणिज्यदुत महतले महाबीर द्वारा संचालनमा रहेको राष्ट्रिय आविष्कार केन्द्र हाल बामे सर्ने अवस्थामा रहेको र यसलाई बचाउनु जरुरी छ भन्नु भएको छ । महतले बाल्य अबस्थाको केन्द्रलाई हुर्काउन सकियो भने मात्र करिब दुई दशकमा नेपाल आर्थिक रुपमा समृद्ध हुने बाताबरण बन्नेछ भनि सबैलाई यस महान  महत्वाकांक्षी परियोजनाको लागि सक्रिय सहभागिता जनाउन व्यवसायीहरुलाई यसै बाट अनुरोध गर्नु भएको छ । 
साथै यो अभियानलाई महतले ऐतिहासिक पात्र विशे नगर्चीको रुपमा बढाउने घोषणा गर्नु भएको छ । आव्हान साथै सम्पूर्ण नेपाली व्यवसायी तथा उद्यमीहरुलाई पनि होस्टेमा हैसे तथा साथ दिन अनुरोध गर्नु भएको छ ।

तल प्रतिकृया दिनुहोस