खेलकुदहेडलाइन

महिला साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टिम घोषणा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महिला साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला टिमको घोषणा गरिएको छ ।

बन्द प्रशिक्षणमा रहेका २३ जना खेलाडीबाट मुख्य प्रशिक्षक हरि खड्काले २० जनाको अन्तिम नामावली तयार पारेका हुन् ।

सो नामावलीमा पूर्व कप्तान अनु लामा सुनिता चौधरी र विमला चौधरी पर्न सकेनन् ।

युवा खेलाडीलाइ प्राथमिकता दिएको नेपाली टिममा यू–१९ टिमका ६ वटा खेलाडी नै राष्ट्रिय टिममा परेका छन् ।
जसअन्र्तगत पुजा राना, उषा नाथ, रेखा पौडेल, सरु लिम्बु, मञ्जलीकुमारी योञ्जन र अन्जना रानामगर रहेका छन् ।

करिब तीन साताको प्रशिक्षणपछि नेपाली टिमको घोषणा गरेको हो । यसपटक नेपाललाई उपाधिको दावेदारका रूपमा हेरीएको छ । भारतमा भएको महिला गोल्डकपको उपविजेता भएपछि नेपाली टिमको मनोबल पनि उच्च बनेको छ ।

फागुन २८ गते विराटनगरको सहिद रंगशालामा हुने प्रतियोगितामा नेपालले पहिलो खेलमा भुटानसँग भिड्नेछ ।

यस्ता छन् नेपाली टिम

गोलकिपरः उषा नाथ, एन्जिला तेम्वाप्पो सुब्वा, अन्जना राना मगर

डिफेन्डरः अमृता जैशी, कविता धिमाल, पुजा राना, मन माया लिम्वु, हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्गा मगर,

मिडफिल्डरः सुरु लिम्बु, रेनुका नगरकोटी, अनिता के सी, अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, सर्मिला थापा,

स्ट्राइकरः सावित्रा भण्डारी, रेखा पौडेल, निरु थापा कप्तान,

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!