काठमाडौं, १८ कात्तिक : मानव अधिकारवादी एवं नेता पद्मरत्न तुलाधरको निधन भएको छ।

स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि अस्पताल भर्ना भएका तुलाधरको आइतबार दिउँसो नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नर्भिक अस्पताल स्रोतले जानकारी दिएको छ। सुरुमा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएका उनलाई पछि नर्भिक अस्पतालमामा रिफर गरिएको थियो।

नेपाल भाषा मंकाः खलः को अध्यक्ष बनेर उनले भाषिक आन्दोलन सुरु गरेका थिए। पछिल्लो समय पहिचानवादी नेताको रुपमा चिनिएका तुलाधर मानवअधिकारको आन्दोलन, लोकतन्त्रको आन्दोलन, वाम आन्दोलनका नेता भनेर पनि चिन्छन्। तुलाधर मनमोहन अधिकारीको ९ महिने सरकारमा श्रम तथा स्वास्थ्य मन्त्री पनि बनि सहेका थिए ।

तुलाधरले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको भूमिका पनि खेलेका थिए। उनका नेपाल भाषामा थुप्रै पुस्तक प्रकाशित छन्।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस