प्रबास

मानव रगत १३ खरब रुपैयामा बिक्री भएको छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आज जनवरी १, २०१९। शुभकामना छ । यस अबसरमा मैले प्लेट्लेट्स दान गरे । तर मैले सित्तैमा दिए पनि मानव रगत १३ खरब रुपैयामा बिक्री भएको छ । 
गत बर्ष म लगाएत विश्व भरिमा करीब ११ करोड २५ लाख जनाले रक्तदान गर्यौ । उक्त परीमाणबाट ३३ करोड ७५ लाखजना सम्मलाई बचाउन सहयोग हुन्छ । रक्तदाताहरुको अमुल्य रगत सित्तैमा हुँदाहुँदै पनि सहयोगी बजार अनुसन्धान गर्ने सस्थाले ग्लोबल बैन्क मार्केटद्वारा गत बर्षमात्र विश्वभरिमा १३ खर्ब ७१ करोड नेपाली रुपैया बराबरको बिरामीहरुले रगतको मुल्य तिरेको जनाएको छ। अल्प बिकसित देश नेपालमा एक पोका रगतको लागि नेपाली रुपैया करीब ६०० पर्छ भने बिकासित देश अमेरिकामा २५ हजार रुपैया पर्छ । रक्त उत्पादन प्रकारको आधारमा विश्वब्यापी रगत बैन्कले सम्पूर्ण रगत, रातो रक्त सेल, प्लेट्लेट्स, प्लाज्मा र सेतो रक्त सेलमा बर्गिक्रित गर्दछ । रक्त बैन्कमा भबिष्यमा बिरामीहरुलाई आबश्यक पर्न सक्ने रक्त संचार गर्नको लागि रगत भन्डार गरिन्छ । रगतको मुल्य निर्धारण गर्दा रक्तदाता आतिथ्य, रक्तदाता स्वास्थ्य परिक्षण, रक्त तत्व तयारी, प्रत्यक्ष तथा अप्रत्यक्ष भन्डार खर्च आदी जोडीएको हुन्छ ।
अर्जुन मैनाली 

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!