Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरुहेडलाइन

माया को बाल्टी

म्याड्रिड।चैत्र १७ अर्थात् आइतबार साझँ आएको हावाहुरीले नेपालको पूर्वी तराईका दुई जिल्लामा (बारा र पर्सा )मानवीय साथै धनजनको ठूलो क्षति भएको थियो।साढे सात बजेदेखि शुरु भएको हावाहुरी झन्डै आधा घण्टासम्म चलेको थियो ।उक्त हावाहुरीको कारण २९ जनाले ज्यान गुमाउनु परेको थियो भने हजारौँ घरपरिवार घरवार र ओतविहिन भएका छन् ।

यस दु:खद घडीमा पिडितहरुलाई केही राहत मिलोस् भनि सागर भोटे र प्रचण्ड गुरुङ्गको अगुवाईमा म्याड्रिडका युवाहरु ‘मायाको बाल्टि’नामकरण गरि राहत सङ्कलन कार्यमा एकजुट भए ।भनिन्छ ‘एकतामा ठुलो बल हुन्छ’,र उदाहरण स्वरुप म्याड्रिडवासी नेपाली दाजुभाई दिदीबहिनीहरुले यस कार्यमा सहयोग गर्नुभयो ।प्रतिफल स्वरुप ५९६€(रु.७३,३३२.६०)सङ्कलन भयो ।’उक्त रकम नेपाल पठाई सकेका छौँ ,पिडकहरुले मायाको बाल्टि पाईसकेका छन् र घर निर्माणको लागि पनि यसले टेवा पुर्याउनेछ ।सहयोगको रकम र कार्य पूर्ण पारदर्शी छ ।सहयोगी उदार ह्रदय भएका सम्पूर्ण म्याड्रिडवासीज्यूहरुलाई ह्रदयदेखि धन्यवाद दिन चाहन्छु‌।’भनि सागर भोटेले हामीलाई जानकारी गराउनुभयो ।

रिपोर्टर: सागर भोटे

जब मैले बारा-पर्सामा हावाहुरीले मानवीय र भौतिक क्षति गरेको खबर सुने ,तब मलाई उनीहरुको घाउमा धेरै-थोरै सहयोग गरि मलम लगाउने इच्छा जागेको थियो ।भाइहरुबाट राहत सङ्कलनको बारेमा जानकारी पाएँ र आफूले सहयोग गर्न पाउँदा म एकदम खुशी छु ।-(एक जना सहयोगी महानुभावले हामीलाई बताउनुभएको थियो ।) विदेशीभूमिमा नेपाली युवाहरुको सामाजिक कार्यप्रतिको जोश र लगाव देखेर ,म एकदम खुशी छु ।अागामि दिनहरुमा पनि सधै यस्ता सामाजिक कार्यमा साथ दिने प्रतिब्धता गर्दछु ।(एक जना सहयोगि अग्रज दाजुले हामीलाई बताउनुभएको थियो ।) यसअघि पनि म्याड्रिडवासी नेपालीहरुद्वारा नेपानीस फुटबल क्लबको अगुवाइमा विकट जिल्ला मुगुका स-साना नानीहरुलाई आर्थिक सहयोग प्रदान गरिएको थियो ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!