खेलकुद

मेस्सीको ५० औं ह्याट्रिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

फाल्गुन १२ – ला लिगा अन्तर्गत सेभिल्ला बिरुद्दको खेलमा मेस्सीले नयाँ रेकर्ड बनाएका छन् । गए राती सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २-१ ले पछी परेको अवस्था उल्टाउदै ४-२ को जित निकालेको हो । बार्सिलोनालाई उत्कृष्ट पुनरागमन गर्दै सानदार जित दिलाउने क्रममा कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरे ।

उनले २६, ६७ र ८५ औं मिनेटमा गरी ह्याट्रिक पुरा गरे । यो सँगै मेस्सीले आफ्नो करियरमा नयाँ रेकर्ड बनाएका छन् । सेभिल्ला बिरुद्दको ह्याट्रिक सँगै मेस्सीले ५० औं ह्याट्रिक पुरा गरेका छन् । सन् २००७ मा उनले आफ्नो करियरको पहिलो ह्याट्रिक गरेका थिए । उनले एल क्लासिकोमा रियल मड्रिड बिरुद्द आफ्नो करियरको पहिलो गरेका थिए । सर्वाधिक ह्याट्रिक गर्ने खेलाडीको सुचीमा उनी युभेन्ट्सका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो भन्दा एक पाइला मात्र पछी रहेका छन् । रोनाल्डोले ५१ पटक ह्याट्रिक गरेका छन् ।

मेस्सीले अहिले सम्म बार्सिलोनाबाट ४४ तथा अर्जेन्टिनाबाट ६ पटक ह्याट्रिक गरेका छन् । उनले ला लिगामा मात्रै ३२ ह्याट्रिक पुरा गरेका छन् । यस्तै उनले च्याम्पियन्स लिगमा ८ पटक ह्याट्रिक गरेका छन् भने कोप डेल रेमा ३ पटक ह्याट्रिक गरेका छन् । मेस्सीले स्पेनिस सुपर कपमा १ पटक ह्याट्रिक गरेका छन् । (एजेन्सी)

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!