Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

नेदरल्यान्डस गतिबिधीहेडलाइन

मोना नेदर्ल्याण्डस, मगर समाज नेदर्ल्याण्डस र मोज्गर डट कमको संयुक्त आयोजनामा नेदर्ल्याण्डसमा नेपाली नयाँ बर्ष २०७६ धुमधाम सँग मनाउने तयारी

आउदै गरेको नेपाली नयाँ वर्षको उपलक्ष्यमा आम्स्टर्डममा नयाँ बर्ष धमाका हुने कुरा सम्पूर्ण नेदर्ल्याण्डस बासी नेपालीहरुलाई जानकारी गराईन्छ। कार्यक्रम तीन वोटा संस्थाहरु मिलेर संयुक्त रुपमा आयोजना गरिने भएको छ। संक्षेपमा भन्नुपर्दा यो कार्यक्रम त्रिपल एम को प्रस्तुती रहनेछ।  भन्नुको तात्पर्य मोना नेदर्ल्याण्डस, मगर समाज नेदर्ल्याण्डस र मोज्गर डट कमको संयुक्त प्रस्तुति रहनेछ। कार्यक्रम को मुल्मन्त्र भनेको नैहामी फुटेर होइन, जुटेर अगाडि बढौँभन्नु नै रहेको छ।र बिभिन्न संस्था मिलेर पनि एकै ठाउँमा काम गर्न सकिन्छ भनेर पनि सन्देश दिनु यस कार्यक्रम को मुख्य आश्य रहेको छ ।

प्रतेक संस्था आँफैमा सक्षम र निपूर्ण छन। एक्लै एक्लै कार्यक्रम आयोजना गर्न पनि सक्छन् तर यो कार्यक्रम को बिशेषता भिन्न छ।सधैं एउटा संस्थाले मात्रै नयाँ बर्षा मनाउने भन्दा नि त्यहाँ अन्य संस्थाले पनि हातेमालो गर्‍यो भने सुन्मा सुगन्ध हुन्छ भेन्ने कमिटीको मान्यता छ।विशेषतः प्रायः हरेक बर्ष नेपाली नयाँ वर्षमा मोज्गरले मोज्गर नाईट मनाउदै आईरहेको थियो | तर बिगत केही बर्ष देखी मोना नेदर्ल्याण्सले मनाउदै आएको छ। यि बिचमा धेरै टिका टिप्पणीहरु आए यि सबै गलतफ़हमी हुन भनेर प्रमाणित गर्न पनि यो हामीले संयुक्त रुपमा कार्यक्रम आयोजना गर्ने घोषणा गरेका हौ र त्यसमाथि पनि मगर समाज नेदर्ल्याण्सको आगमन ले हामीलाई झन एउटा उर्जा थपिदिएको छ   भन्नुहुन्छ मोना नेदर्ल्याण्सका अध्यक्ष जंग पुन। 

कार्यक्रममा भर्पुर नाच्गान र डिजे हुने कुरा राजु तमु (गुरुङ) ले बताएका छन। बढी भन्दा बढी स्थानिय कलाकार हरु लाई नै स्थान दिने र उनी हरुलाई नै हौसला बढाउने अभिप्रायले यो मन्च खडा गरिएको राजु अघाडी भन्नु हुन्छ। र यही मेडिया मार्फत ईच्चुक भाई बहिनी हरुलाई आफ्नो नाम र गीतको बोल दिनको लागि पनि आग्रह गर्नु हुन्छ।कार्यक्रममा भाग लिनु हुने भाई बहिनी हरुलाई सम्मान स्वरुप एक दिन बार्बिक्यु खुवाउने या कतै खाना खुवाउने पनि सल्लाह भएको छ।

मगर समाजका अध्यक्ष टिका पुन अगाडि भन्नुहुन्छ– ” कार्यक्रम यस्तो होस् कि जहाँ रमाउन आएका पाहुनाहरु मज्जाले धिक मर्ने गरी नाँच्न पावोस्, आफ्ना प्रतिभा देखाउन  चाहने भाइबहिनीहरुले खुलेर आफ्नो प्रस्तुति देखाउन सकोस्, भाषण र आषणमा समय खेर फाल्नु भन्दा त्यो समय चिना पारीचय र एक आपस बिचको आत्मियता लाई सुदृढ गर्दै, विगतका तिक्तता र वैमनस्यता लाई त्यागेर नयाँ बर्षको शुभकामना आदन प्रदान गरौ। त्यही हो यो नै यस कार्यक्रमको प्रमुख बिशेषता हो।

कार्यक्रमको मुख्य उद्देश्य मनोरञ्जन, मनोरञ्जन र मनोरञ्जन हो। कार्यक्रममा बिभिन्न खेलहरु राखिएको छ  बेष्ट  लेडिज, बेष्ट जेन्टल्मेन, र बेष्ट कोपल भनेर पनि बिभाजन गरिएको छ। चुनिएको बिजेताहरुलाई केही सप्राईज गिफ्ट पनि रखिएको  जानकारी हामीलाई आएको छ। साथ मा मिठो मिठो पारीकारका  खानाको पनि बन्दोबस्त रहेको छ। कार्यक्रमको प्रबेश शुल्क भने१५ रखिएको छ र कार्यक्रम १५ अप्रिलमा आयोजना हुने भएको छ। 

कार्यक्रम हुने स्थान: Holendrechtplein 38, 1106 LP Amsterdam

समय: 16:00-24:00

बृस्तित जानकारी र ताजा उप्डेट को लागि मोज्गर ड्ट कम  हेर्दै गर्नुहोला।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!