Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

प्रबासबिज्ञान प्रबिधीसमाचारहरुहेडलाइन

म्याड्रिडमा वेभ नाईन सेभन सेभनको प्रथम डेमनोस्ट्रेसन सम्पन्न

(सागर भोटे)म्याड्रिड,स्पेन ।म्याड्रिडमा प्रथम पटक २३ जूनका दिन www.web977.com ले आफ्नो डेमनोस्ट्रेसन सम्पन्न गरेको छ ।संसारभर छरिएर बस्नु भएका नेपाली साथेै उहाँहरुको सानो तथा ठुला व्यवसायहरु जस्तै : होटल, स्पा, पार्लर आदिको लागि सुलभ दरमा सफटव्यर बनाई सिपमुलक तथा व्यवसायीमुलक जानकारी गराई घर मा नै बसेर कसरी आय आर्जन गर्ने, गराउने र संञ्चालनमा भइराखेका व्यवसायीहरुलाइ  कसरी चेन सिस्टममा  लैजाने भन्ने मुख्य उद्देश्य साथ स्थापित वेभ नाईन सेभन सेभनको डेमनोस्ट्रेसनमा नेपाली जनसमुदायको‌ बाक्लो उपस्थिती रहेको थियो ।

उक्त डेमनोस्ट्रेसनमा रितिज्यूले €५०० क्रेडिड जित्नुभएको थियो ।आफ्नो हातलाई बढाई सामाजिक कार्यको लागि ५० क्रेडिड एन.आर.एन,ए, म्याड्रिडमा दिनुभएको छ ।”महिला जागरण कोष’स्थापनको लागि उहाँले हामीलाई सहयोग गर्नुभएकोमा हामी उहाँलाई धेरैधेरै धन्यवाद दिनचाहन्छौ”-सनिसा गुरुङ्ग,महिला संयोजक (एनआर एन ए,म्याड्रिड।)

नेपाली समुदायमा यस्तो नयाँ प्रविधिले नेपाली‌ व्यावसायलाई म्याड्रिडमा साथै विश्वभर web (www.web977.com)को सञ्जालद्वारा चिनाउने यो एउटा राम्रो कदम हो ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!