Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

खेलकुदप्रबाससमाचारहरुहेडलाइन

प्रथम पटक म्याड्रिडमा,एनआरएनए स्पोट्स मिट-२०१९ हुने

म्याड्रिड(सागर भोटे):एनआरएनए-म्याड्रिडले प्रथम‌पटक एनआरएनए स्पोट्स मिट-२०१९ यहि १० नोभेम्बरका दिन गर्न गईरहेको छ।
             एनआरएनए-म्याड्रिडका अध्यक्ष सुजिल गोलेको अध्यक्षतामा बसेको बैठकले निर्णय स्वरुप,प्रथम एनआरएनए स्पोट्स मिट-२०१९ यहि १० नोभेम्बरका दिन आयोजना गर्ने भएको छ जसमा युरोप स्तरिय ७-ए साइड फुटबल (पुरुष)प्रतियोगिता हुनेछ।उनका अनुसार स्पेनमा रहेक हरेक क्षेत्रलाई साथै छिमेकी राष्टहरुलाई(पोेर्तुगल,फ्रान्स,बेलजिम) स्पोट्स मिट-२०१९ सम्बन्धि पत्रचार गरिसकेका छन् र उक्त प्रतियोगिताको तयारीका लागि सम्पूर्ण संयोजक र उपसमिति गठन गरिसकेका छन् भने एभरेष्ट एफ.सि ,म्याड्रिडसँग पनि समन्वय गरिसकेका छन्।
           एनआरएनए स्पोट्स मिट-२०१९का लागि संयोजक ,संघका सचिव सागर श्रेष्ठ(भोटे)लाई चयन गरेको छ । युरोप स्तरिय ७-ए साइड फुटबल सँगै ,महिला/पुरुष ब्याड मिन्टन प्रतियोगिता(सिङ्गल /डु) र सानानानी बाबुहरुको लागि चम्मा दौड/सम रेस हुनेछ ।फुटबल टिम दर्ता  शूल्कको जानकारी शीघ्र गराईनेछ  ,ब्याड मिन्टन दर्ता शूल्क १०युरो प्रति व्यक्ति रहेको छ भने साना नानीबाबुहरुले निशूल्क खेलमा दर्ता गर्न पाउनेछन् ।विजेताहरुलाई नगद,शिल्ड ,मेडल तथा प्रमाण पत्र प्रदान गरिनेछ ।उक्त स्पोट्स मिट-२०१९ सफल पार्न सहयोग स्वरुप,म्याड्रिडमा रहेको नेपाली ईसाइ मण्डलीले खेलाडिहरुलाई हौसला प्रदान गर्न पानी/जुस/फलफुल को व्यवस्था गरिदिने इच्छा प्रकट गर्नुभएको छ।
    ” ‌प्रथम‌पटक म्याड्रिडमा युरोप स्तरिय फुटबल प्रतियोगिता हुन गईरहेको हुंदा ,म्याड्रिडमा रहेका हरेक संघ-संस्थाले यस प्रतियोगितालाई सभ्य र भव्य रुपमा सफल पार्न हामीलाई सहयोग गर्नुहुन्छ भने आशा राखेका छौं ।”-सागर श्रेष्ठ(भोटे):सचिव एनआरएनए,म्याड्रिड ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!